SANJAPU ~ सन्जापू - News & Blogs

my blog & news

News

देवदह मदर टङ्गस् एकेडेमी - परिचयः

Devdaha Mother Tongues Academy

Devdaha Mother Tongues Academy
Address : Devdaha-2,Rupandehi, Nepal, Nepal
Phone : 071 690192, 07157780
Cell : 9847036944
eMail : dmta_2055@yahoo.com
Web Site : www.tamusamaj.com
Estd. : 0000-00-00

Devdaha Mother Tongues Academy

Address : Devdaha-2,Rupandehi, Nepal

Phone : 071 690192, 071577803
Cell : 9857026296 (M.D.)
,
9847036944 (Principal)
email :
dmta_2055@yahoo.com bhimgurung2@gmail.com
Web Site : www.tamusamaj.com
Estd. :
2055

कं..नं. १९३७५ / ०५९

जि.शि.का..नं. २३०/०५९

गुरुङ (तमू) भाषा पठन पाठन हुने प्रथम विद्यालय :देवदह मदर टङ्गस् एकेडेमी : परिचय

१, पृष्ठ भूमीः

सयौं भाषा संस्कृतिमा धनी भएर पनि हामी अरुको भाषा संस्कृतिलाई अंगाल्दै आफ्नो अस्तित्व बिर्सदै गईरहेका छौं । अग्रगामी समून्नत नेपालको परिकल्पनामा हामीले धेरै इतिहास लेखि सकेका छौ तर त्यो इतिहासमा मात्र सिमीत छ । यथार्थमा हामी अन्धकार तिर धकेलिरहेका आभास भई रहेको छ । हाम्रो आफ्नो परिचय न त राज्यले संरक्षण गर्न सकेको छ, न त हामीले स्थापित गर्न सकेका छौ । राज्यले हरेक नागरिक र जाति जनजाति प्रतिको दायित्व बिर्सिएपछि समय समयमा ति शुल बनेर व्यक्त हुन्छन् र कैयौंको नरसंहार हुने गरेको घटना हाम्रो सामु ज्वलन्त प्रमाण छन् । तथापि हरेक जात जातिले आफ्नो अस्तित्व र पहिचानको निमित्त संघर्ष गर्नु अझै अहिलेको आवश्यकता रहि रहेको छ । राष्ट्रहरुले एक भाषा, एक जाति, एक धर्म र एकै संस्कृतिको नारा बोकि रहेकाले यहाका सबै जाति धर्म, भाषा संस्कृतिको सर्वनाश गरी आधिपत्य जमाउने षडयन्त्र हिजो देखि हाम्रो सामु छर्लङ्ग छ । त्यसैले हाम्रो बल बुद्धिले भेटे सम्म आफ्नो भावी सन्ततीलाई समेत आफ्नो मौलिक परिचय भित्र राख्न हामीले आफ्नो भाषालाई माया गर्ने, यस्को संवर्द्धन र संरक्षण गर्नु नितान्त आवश्यक भएको यथार्थतालाई आत्म साथ गरि यस विद्यालयको परिकल्पना गरिएको हो ।

मानिस जन्मेपछि उसको अस्तित्व जाति सँग गासिन्छ । त्यो जातिको अस्तित्वको लागि आफ्नै मौलिक भाषा हुन्छ र त्यो भाषालाई जिवन्त राख्न भाषा लिपि सागै संरक्षण सम्वर्धन गर्ने हाम्रो सामाजिक दायित्व हुन्छ । त्यही कुरालाई आत्मसाथ गरि गुरुङ (तमु) हरुको भाषा संरक्षणको हेतुले वि.सं. २०५५ सालमा यो विद्यालयको जन्म भयो । हाम्रो प्रयास महानतामा गौण छ तर गौण प्रयास महानताको पुरक हो भन्ने लाग्छ । हाम्रो मातृभाषाको संरक्षणार्थ जीवित राखिएको यो विद्यालय जातिय हक हित प्रति सर्मपित भई मुनाफा रहित ढङगले सञ्चालन गरिदै आएको छ ।

२, परिचयः

यस विद्यालयको प्रारम्भिक नाम \\"देवदह मदर टङ्गस ईङ्गलिस\\" स्कुल थियो । भगवान गौतम बुद्धको मावली स्थल कोलीया राज्यमा अवस्थित धार्मिक एवं ऐतिहासिक स्थान देवदहमा अवस्थित भएकोले देवदह राखियो । मातृभाषा पढाइने भएकोले मदर टङ्गस राखियो । त्यसै गरि अहिलेको अन्तराष्ट्रिय भाषाको रुपमा परिचीत अग्रेजी भाषालाई पनि एकै साथ लैजानु पर्छ भनेर इङ्गलिस स्कुल राखियो तर वि.स.२०५९ सालदेखि तत्कालिन श्री ५ को सरकारले निजी तथा आवसिय विद्यालयहरुलाई कम्पनी ऐन अन्र्तगत दर्ता गर्ने नियम लागू गरेपछि यस विद्यालयको नाम देवदह मदर मदर टङ्गस एकेडेमी को रुपमा कम्पनी ऐन अन्तरगत दर्ता गरी सञ्चालन गर्दै आईरहेका छौं । तमु छोंज धिं केन्दि्रय समितिले मिती २०६१ पौष ३ गते कान्तिपुर राष्ट्रिय दनिक मार्फत एक सूचना जारी गरी नेपाल अधिराज्य भर गुरुङ -तमु) भाषा पठन पाठन गर्ने पहिलो विद्यालयको दावि विरोधको लागि ३५ दिने सूचना जारी गरिएको र सो म्याद भित्र कसैले पनि दावि विरोध गर्न नआएकोले देवदह मदर टङ्गस एकेडेमी गुरुङ्ग -तमु) भाषा पठन पाठन गर्ने पहिलो विद्यालय घोषित भएको कुरा तमु छोंज धिं को २०६२ साल जेष्ठ १ गतेको विज्ञप्तिमा जनाइएको छ ।

३, स्थानः

यस देवदह मदर टङ्गस एकेडेमी महामानव भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनी अञ्चलकोे रुपन्देही जिल्ला अन्तरगत देवदह गा.वि.स. वार्ड नं. २, मितेरी गाउमा अवस्थित छ । यो भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनी देखि ५५ कि.मी. पूर्वमा महेन्द्र राजमार्गको देवदह बजारदेखि ५०० मी. उत्तर तर्फ अवस्थित छ । भगवान गौतम बुद्धको मावली कोलीया राज्यको काखमा रहेको ऐतिहासिक एवं धार्मिक पवित्र भूमि देवदहमा यो विद्यालय अवस्थित छ ।

४, लक्ष्य तथा उद्देश्यहरुः

दिन प्रतिदिन लोपोन्मुख भैरहेको गुरुङ तथा अन्य मातृभाषाहरुको लिपी तथा संस्कृतिको जगेर्ना गर्ने अभिप्रायले यस देवदह मदर टङ्गस् एकेडेमी स्थापना गरिएको हुदा यसको प्रमुख लक्ष्य भनेको नै भाषा तथा संस्कृतिको विकास गरि यसलाई जीवन्तता प्रदान गर्नु हो । बुदाँगत रुपमा यसका उद्देश्यहरु यस प्रकार रहेका छन् ।

क, गुरुङ तथा अन्य मातृभाषाहरुको संरक्षण तथा सम्बर्धन गर्ने ।

ख, भाषा,लिपी, संस्कृतिको बारेमा खोज, विकास र अनुसन्धान गर्दै जाने ।

ग, गुरुङ संस्कृति तथा अन्य संस्कृति, भाषा परम्परा आदिको बारेमा प्रकाशित लेख रचना पुस्तक समाचार आदिको संकलन, अभिलेख खोज अनुसन्धान गर्दै यस सम्बन्धि पुस्तकालय स्थापना गर्ने ।

घ, गुरुङ भाषा लगायत अन्य मातृभाषा अध्ययन गर्न इच्छुक देशका कुनाकाप्चाका भाषा प्रेमीहरुलाई भौतिक पूर्वाधार सम्पन्न गरी पठन पाठनको व्यवस्था मिलाउने ।

ङ, मातृभाषामा मात्र प्रतिस्पर्धा गर्ने र उक्त विषयमा उच्च शिक्षाको व्यवस्था नेपाल सरकारले हाल सम्म पनि गर्न नसकेकोले अन्य विषयहरुलाई पनि उत्तिकै महत्व दिइ मातृभाषाको पठन पाठन इच्छाधिन विषयको रुपमा लैजाने ।

च, मातृभाषामा कलम चलाउन सक्ने र बोल्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्ने ।

छ, हरेक विषयलाई समावेश गरिएकोले यस विद्यालयबाट उत्पादन भएको विद्यार्थी जुन सुकै क्षेत्रमा पनि योग्य र सक्षम हुन सक्ने बनाउने ।

ज, एउटा सुविधा सम्पन्न र गुणस्तरिय शिक्षा प्रदान गर्न सक्ने र मातृभाषाको संरक्षण र विकास गर्न सक्ने विद्यालयको रुपमा परिचीत गराउने ।

५, हाल सम्मका प्रयासहरुः

यस विद्यालयलाई नाफा कमाउने हैसियतले भन्दा पनि मातृभाषाको संरक्षण गर्ने उद्देश्यले सामुदायिक रुपमा समाजका बुद्धिजीविहरुको संलग्नतामा स्थापना गरिएको थियो तर सामुदायीक रुपमा खोलिए तापनि यसमा संलग्न व्यक्तिहरुले क्रमशः हात झिक्दै जाने र कतैबाट सहयोग नपाएपछि विद्यालय ऋणमा डुब्दै गयो । जसले गर्दा विद्यालय निर्दिष्ट लक्ष्य भन्दा टाढीदै गयो । फलस्वरुप विद्यालय मृत प्रायः भैसकेको थियो तर यसलाई पुर्न जीवन दिनको लागि श्री भिम गुरुङले आफ्नो व्यक्तिगत लगानीमा विद्यालयलाई हालको स्थितीमा स्थापना गरिएको छ । हाल यस विद्यालयलाई सुविधा सम्पन्न र गुणस्तरिय शिक्षा प्रदान गर्ने विद्यालयको रुपमा स्थापित गर्ने प्रयास दिन रात भैरहेको छ । यस कार्यमा सहकार्य गर्न अहिले प्राचार्य राम बहादुर तमु , सह प्राचार्य यमलाल शर्मा र लेखापाल रिम कुमार थापा पनि लागी पर्नु भएको छ । परिणाम स्वरुप हाल कक्षा नर्सरी देखि कक्षा दश सम्म पठन पाठन गराउन विद्यालय सफल भएको छ । यद्यपी यो भाषा संरक्षणको महान कार्यमा लागी परेकोले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर अगाडि बढिरहेको छ । राज्य र सम्पूर्ण तमू सँघ संस्थाहरुको ध्यानाकर्षण यतातिर नहुदा यो प्रयासमा निकै जटिलता थपिएको छ ।

. विद्यालयका उपलब्धिहरु :

अरु निजी विद्यालयहरुले झै महँगो शुल्क लिएर मुनाफा कमाउने हिसाबले विद्यालय चलाएको भए सायद यस विद्यालयले पनि अपेक्षाकृत सफलता प्राप्त गर्न सक्थ्यो होला तर त्यसो नगरी कम शुल्कमा मातृभाषा सहित अध्ययन गराउदा आशा गरेजति सफलता नपाइएतापनि यस विद्यालयले धेरै प्रगति गरेको छ । यसलाई बुँदागत रुपमा यसरी दिइएको छ ।

क, साम्प्रदायिक विद्यालयको संज्ञा पाएको यस विद्यालयले धेरै संघ संस्थाहरुबाट सम्मान तथा कदर पत्रहरु प्राप्त गर्न सफल भएको छ ।

१, यम गुरुङ स्मृति प्रतिष्ठान काठमाण्डौ: शिल्ड तथा प्रसंशा पत्र ।

२, तमु छोंज धिं केन्दि्रय समिति: कदर पत्र ।

३, तमु समाज बेल्जियम: मातृभाषा पाठ्य पुस्तक छपाउन यूरो १००० तथा प्रसंशा पत्र ।

४, नेपाल आदिवासी तथा जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद रुपन्देही : सम्मान तथा कदर पत्र ।

५, तमु छोंज धिं जिल्ला समिति रुपन्देही : कदर तथा प्रसंशा पत्र ।

६ , तमु सांस्कृतिक प्रतिस्ठान पोखरा : नगद रु दश हजार सहित कदर पत्र

७, भद्र घले सेवा सदन काठमाण्डौ: नगद रु एक लाख सहित ताम्रपत्र

ख, खुल्ला रमणिय तथा शान्त वातावरण , आफ्नै पक्कि भवनमा ६ कट्ठाको खेल मैदान सहित, खानेपानी, बिजुली, टेलीफोन, आदिको व्यवस्था भएको विद्यालयको रुपमा स्थापित भएको छ ।

ग, यस विद्यालयले अध्ययनको अलावा अतिरिक्त कि्रयाकलाप, सांस्कृतिक कार्यक्रम, सरसफाई, खेलकुद, साहित्य लेखन, अनुशासन आदि क्षेत्रमा पनि निकै राम्रो प्रगति गरेको छ ।

घ, सामाजिक तथा जनचेतना मुलक कार्यक्रमहरुमा प्रत्यक्ष संलग्न भई विभिन्न किसिमका प्रमाण पत्र तथा कदर पत्रहरु प्राप्त गर्न सफल भएको छ ।

ङ, कम्प्युटर शिक्षाको व्यवस्था गरिएको छ ।

च, पूस्तकालयको सुविधा उपलब्ध छ जसमा मातृभाषाको समेत रहेका छ ।

, यसका सकारात्मक प्रभावहरु :

जुन उद्देश्यले विद्यालय स्थापना गरिएको थियो त्यही अनुरुप आफ्नो उद्देश्य प्राप्तिका लागि अनेक बाधा र अड्चनहरु झेल्दै अनेक आरोह अवरोह पार गर्दै हाल यस विद्यालय नेपाल अधिराज्य भरिमा नै प्रथम गुरुङ भाषा पढाउने विद्यालयको रुपमा स्थापित हुनु एउटा सकारत्मक पक्ष हो । लोप हुदै गइरहेको भाषा र संस्कृतिको जगेर्नाका खातिर २१ औं शताब्दिको अंग्रेजी भाषाको शिक्षासँग सहयोगी बन्दै अगाडि बढ्नु भनेको भाषा प्रेमी महानुभावहरुमा नयाँ आयाम थपिएको महशुस भएको छ । मातृभाषाको लागी उपयुक्त पाठ्य पुस्तकको अभाव, दक्ष प्रशिक्षकको अभाव, भौतिक सुविधाको अभाव, विभिन्न व्यक्तिहरुको आलोचना र संघ संस्थाहरुको असहयोगका बावजुद पनि विद्यालयले निरन्तर संघर्ष गर्दै जानु सकारात्मक पक्ष हो भन्न करै लाग्छ । यसको दिर्घकालिन सोचहरुका कारण मानिसहरु अहिले विद्यालय प्रति सकारात्मक धारण राख्न थालेका छन् । यो पनि महत्वपूर्ण उपलब्धि मान्नु पर्छ । विद्यालयले थप सहयोग, सद्भाव र सुझावहरु पाएमा अझ प्रगतिको पथमा लम्कदै जाने निश्चित छ । आफ्नो भाषा र संस्कृतिलाई माया गर्ने हरेक समाजसेवी व्यक्तिहरुलाई यस विद्यालयले थप प्रेरणा प्रदान गर्नेछ ।

८, विद्यालयका समस्याहरुः

भनिन्छ सुख लुकाएर लुक्छ रे दुःख लुकाएर लुक्दैन रे । यो प्रतिस्पर्धात्मक समय हो । हाल जम्मा ४५० जना विद्यार्थीमा करिब ६० प्रतिशत गुरुङ, १० प्रतिशत मगर र ३० प्रतिशत अन्य जातिका विद्यार्थीहरु यहा अध्ययन गर्छन् । यसमा पनि ५४ जना विद्यार्थी निःशुल्क छात्रवृतिमा पढाइएको छ । निम्न शुल्क भएकोले विद्यालयले भौतिक पूर्वाधार र उपयुक्त शिक्षक तलबमा ध्यान पुर्याउन सकेको छैन । यी समस्याहरुलाई बुँदागत रुपमा केलाएर हेर्दा यस प्रकार छन् ।

क, कम्पाउण्डले घेरिएतापनि त्यती उपयु्क्त किसिमले विद्यालयलाई सुरक्षित राख्न सकिएको छैन ।

ख, यातायातको सेवाबाट विद्यालय वञ्चित नभए पनि पर्याप्त मात्रामा उपलब्ध गर्न सकिएको छैन ।

ग, साईकल पार्किङको कुनै व्यवस्था मिलाउन सकिएको छैन् ।

घ, खेलकुद सामाग्री हरु विद्यार्थी संख्या अनुसार पर्याप्त छैन ।

ङ, प्रयोगात्मक सामाग्रीहरुको अपुग छ साथै पुर्ण रुपले व्यवस्थित गर्न सकिएको छैन ।

च, पर्याप्त मात्रामा फर्निचरहरु को जोहो गर्न सकिएको छैन ।

छ, पुस्तकालय भएता पनि पुस्तकालयमा आवश्यक पाठ्य पुस्तकको व्यवस्था गर्न सकिएको छैन ।

ज, आवश्यक्ता अनुसार कक्षा कोठाहरुको अभाव अझै छ ।

झ , अधिराज्य भरबाट विद्यालयमा बसेर पठन पाठन गर्न र तमु भाषा सिक्न पाउनु पर्यो भनेर माग आएका छन् ,ईच्छाहरु

व्यक्त गरेका छन् तर आवश्यक आवास गृह निर्माण गर्न सकिएको छैन ।

ञ, कक्षा एक देखि कम्प्युटर शिक्षा दिन शुरु गरिएता पनि आवश्यक कम्प्युटरको अभावलाई टार्न सकिएको छैन ।

यस्ता अनगिन्ति समस्याहरुका बावजुद पनि विद्यालयले निरन्तर संघर्ष गरिरहेको छ । यस्तै उद्देश्य बोकेर खोलिएका विद्यालयहरु चारैतिरबाट असहयोग भएपछि बन्द भएका उदाहरणहरु पनि छन् । यसको दुरगामी प्रभाव भनेको एकदम गहिरिएर सोच्ने हो भने धेरै महत्व छ । हाम्रो आफ्नो जातिय पहिचान, भाषा संस्कृति लोप भएर गएमा हाम्रा परिचय र अस्तित्व त्यसै बिलाएर जान्छ , हामीमा गर्व गर्ने ठाउ रहदैन । हाम्रा सन्ततिले भोली आफ्नो भाषा संस्कार खोजे भने हामीले के टक्रयाउने ? हाम्रो बाउ बाजेले अर्जेको भाषा संस्कृतिलाई हामीले माटोमा मिलायौ भने के इतिहासले हामीलाई माफ देला ? यो जीम्मेवार अहिलेका सचेत र बुद्धिजीवी व्यक्तिहरुका काँधमा आएको छ । यसलाई सहयोग गरेर यस्ता विद्यालयहरु देशका कुनाकाप्चामा खोलिदै गइयो भने अवश्य पनि हाम्रो दायित्व पूरा हुनेछ र हामी सफल हुनेछौ । हाम्रो समस्यालाई समग्रमा सम्पूर्ण गुरुङ समाजले सामुहिक समस्याको रुपमा स्वीकार्नु भयो भने यसका समस्याहरु पक्कै पनि समधान हुनेछ भन्नेमा हामी विस्वस्त छौ । देश संविधान निर्माणको दिशातिर उन्मुख भैरहेको परिप्रेक्ष्यमा हाम्रो नैसर्गिक हक अधिकारको लागि हामी जागरुक हुनु आवश्यक छ । नैसर्गिक हक मध्ये हाम्रा भाषा पनि एक भएकोले यसले स्वतन्त्र रुपमा फक्रन र फूल्न पाउनु पर्छ त्यसमा मालीको भुमिका हाम्रो पनि हुनु पर्ने हुन्छ ।

९, अपेक्षाः

अहिले सम्मको अवस्थालाई हेर्ने हो भने विद्यालय मातृभाषाको संरक्षण र संवर्द्धनको खातिर जीवन मरणको दोसाँधमा लडिरहेको छ । नेपाल सरकारले आदिवासी जनजातिहरुको भाषा, संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्ने निति तुरुन्त अवलम्वन गर्न जरुरी छ भने आदिवासी जनजातीहरुले आफ्नो भाषा, अस्तित्व र पहिचानलाई संरक्षण र संवर्द्धन गर्न जुँगाको लडाई छोडी अस्तित्व र पहिचानको लडाईमा लामबद्ध हुन आवश्यक छ । इतिहास बोकेको यस विद्यालयले सबैसँग सानो ठूलो, तन, मन, धन, आलोचनात्मक सुझाव, सल्लाह प्रोत्साहन र सहयोगको आशा फैलाएको छ । साथै यस्ता खालका विद्यालयहरुमा आमदानीका केहि अंश लागानी गरि आफ्नो दायित्व पुरा गर्न समेत सबैमा हार्दिक आव्हान गर्दछ ।

सम्पर्कः: देवदह मदर टङ्गस् एकेडेमी, देवदह २, मितरी गाँऊ, रुपन्देही, लुम्बिनी, नेपाल,

For Photo Gallery PLease click following linl. http://www.tamusamaj.com/new/all_contents.php?content_type=3&gallery_id=57

लमजुङको घलेगाउँमा १२ औँ महोत्सवको तयारी

आश गुरुङ, lamjungnews@gmail.com

लमजुङ, बैशाख १४ गते । र्सार्क राष्ट्रको नमुना लमजुङको पर्यटकीय घलेगाउँमा आगामी बैशाख २३ देखि २५ गते सम्म १२ औँ घलेगाउँ महोत्सवको आयोजना गरिने भएको छ । आन्तरिक तथा बाहृय पर्यटनको पर््रबर्द्धन गरि पर्यटन बर्षसन् २०११ लाई सफल बनाउन र स्थानीय कला र संस्कृतिको संरक्षण गरि घलेगाउँलाई विश्वभर चिनाउन महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा मनोरञ्जनका अतिरिक्त हिमाली दृश्यालोकन, होमस्टे, सूर्योदय र सूर्योस्त, बोटानिकल गार्डर्ेे भ्यू टावर, गुरुङ सग्रहालय, चिया बगान लगायत प्रमुख आकर्षाको रुपमा रहने पर्यटन व्यवस्थापन उप समिति ग्रामीण पर्यटन घलेगँाउका अध्यक्ष प्रेम घलेले जानकारी दिएकाछन् । महोत्सवको रक्षामन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको सदरमुकाम वेसीशहरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । महोत्सवमा गुरुङ समुदायमा प्रचलित घाँटू, सोरठी, सर्ेका, घ्याबे्र, कृष्ण चरित्र लगायतका नृत्यहरु पर््रदशन गरिनुका साथै स्थानीय स्तरमा उत्पादित निगाला, लोक्ता, सिस्नो साथै भेडाको उनवाट बुनेका सामाग्रीहरुको पर््रदर्शनी गरिने भएको छ । ढिँडो, गुन्द्रुक, निउँरो, कुरिलो लगायतका खाद्य परिकारहरु महोत्सवमा आयोजना गरिने खाना महोत्सवको विशेष परिकारको रुपमा रहने छन् ।

हिमालयको काखमा रहेको घलेगाउँवाट माछापुच्छ्रे, अन्नपर्ूण्ा, लमजुङ, हिमालचुली, मनास्लु, गणेश लगायतका हिमश्रृङ्खलाहरु नियाल्न सकिन्छ । त्यस्तै गरी मर्स्याङदी, मिदिम तथा खुदी लगायतका जलाधारका मनारेम दृश्यहरु हर्ेदा मनै प्रफुल्लित हुने घलेगाउँ पुगेका पर्यटकहरु वताउँछन् । स्थानीय कला संस्कृति र गाउँको प्रचारप्रसार गरि पर्यटन व्यवसाय पर््रवर्द्धन गर्ने उद्देश्यले घलेगाउँमा विगत ११ वर्षेखि महोत्सव हुँदै आएको छ । सदरमुकाम बेसीशहरबाट मोटरमा साढे २ घण्टामा पुग्न सकिने घलेगाउँमा खानेपानी, विजुली र टेलिफोनको सुविधा पनि छ । अब छिटै सामुदायिक इमेलइन्टरनेटको व्यवस्था गरि सुचना केन्द्रको स्थापना गर्ने योजना रहेको अध्यक्ष घलेले वताए । १ सय १६ घरधुरी रहेको घलेगाउँका ३२ घरधुरीमा पर्ूण्ा होमस्टेको व्यवस्था छ ।
Ghale Gaun Mahotsav 2011

विज्ञानलाई चुनौती दिँदै डिट्ठा - गुरुङ चलचित्र 'डिट्ठा'

आश गुरुङ 'प्रतीक'
lamjungnews@gmail.com

मुखियाको छोरो अजय शहरमा डाक्टरी पढ्छन् । गाउँमा युवाको नेतृत्व भने डिट्ठाले गर्छ, जस्का कारण गाउँमा अमन चयन हुन्छ । मुखिया बुढाहरुको नेतृत्व हो भने डिट्ठा युवाहरुको । यी दर्ुइ परिवारबीचको द्वन्दनै गाउँको कथा हो ।

समाजमा हुर्कँदै गरेकी बैँशालु पम्फालाई गुरुङ परम्परा अनुसार पुङ -गुरुङ संस्कार अनुसार दुलही माग्दा प्रयोग गरिने रक्सीको टुवा) लिएर बाबुआमाले पर्राईघर सुम्पने निधो गर्छन् । लाहुरे पाउने भएपछि पम्फामा खुसीको सीमा रहँदैन । विहाहको अघिल्लो दिन पम्फालाई केटापक्षले 'बोक्सी'को आरोप लगाउँदै विवाह नहुने निर्ण्र्ााहितको पत्र पठाएपछि कथाले गम्भीर रुप लिन्छ । पम्फाको विषयलाई लिएर भाइखलकमा बैठक हुन्छ र परिवार/भाइखलकको बर्ेइज्यत हुने डरले एकजना लाटोसंग विहाह गरिदिने निर्ण्र्ाागर्छ तर, गाउँभरि हल्ला चल्छ । बोक्सीको आरोपमा अनेकन पीडा र यतना खेप्न बाध्य पम्फा आन्महत्या गर्न सम्म बाध्य भएको कथाले सवैको मन छुन्छ । कसैले पनि विवाह गर्न नमानेकी पम्फालाई डिट्ठाले विवाह गरेपछि उनलाई सान्त्वना त मिल्छ तर, मर्दापर्दा समेत कसैले सहयोग नगर्ने बाचासहित भाईखलकवाट निकालिएपछि श्रीमानश्रीमती समाजमा एक्लो हुन्छ ।

यता, मुखियाको छोराले पर्ूव रुम्जाटारको एकजना लामा थरकी गुरुङसेनी ल्याउँछन् । काजल नामकी केटीलाई भाइखलकसंग सल्लाह गरेरमात्रै मुखियाले बुहारी स्वीकार्छ । डिट्ठा र पम्फा अनि उनीहरु अलगधारमा बग्छन् । तर, समाजको यथार्थमा बाँधिन बाध्य हुन्छन् । डाक्टरी पढ्दै गरेपनि गाउँको रुढीबादी मानिएको परम्परा मान्न बाध्य हुन्छन्, त्यतिनैखेर झाँक्रीले काजलको माध्यमवाट पम्फालाई बोक्सी बनाईन्छ । समाजमा पम्फाले 'बोक्सी हैन' भनेपनि अन्ततः आफ्नो श्रीमान्को नजरमा समेत बोक्सी कहलिएपछि आँगनको डिलवाट खसेर पम्फाको ज्यान जान्छ । त्यसैबखत विरामी काजलको शरीरमा भाकेर 'म पम्फा होईन, शीरमाया हो' भनेपछि सवै अचम्ममा पर्छन् । यता, पम्फाको मलामी जाने कोही नभएपछि डिट्ठा एक्लैले श्रीमतीको अन्तिम संस्कार गर्छन् । समाजले आत्मग्लानी गर्छन, कथा हो गुरुङ चलचित्र 'डिट्ठा' को । 'दर्ुगम रुढीग्रस्त गाउँमा बोक्सीको आरोप लागेको युवतीको कथामा आधारित यो चलचित्र गुरुङ समाजको यथार्थ हो' चलचित्रका निर्देशक प्रितम गुरुङको भनाई छ ।

चलचित्रले पर्ुर्वेली गुरुङ युवती मार्फ संस्कृति र भाषाको समस्या प्रकट गर्न खोजिएको छ । २० वर्षपुरानो कथामा आधारित भनिएको चलचित्रमा नायिका काजल गुरुङले लगाएको पोषाक कुनैकुनै ठाउँको ग्रामीण भेगमा उत्ताउलो/असुहाउँदो छ । गाउँको रुढीवादी परम्परालाई शहरमा डाक्टरी पढ्ने तर्खरका बौद्धिक युवाले पनि केही विरोध नजनाउँदा गैरगुरुङले खण्डन गर्ने बाटो बनेको छ । सव र्टाईटल नेपालीमा लेखिएको चलचित्र डिटठामा 'गाउँमा अझै बोक्सी छ' भन्ने सन्देशले विज्ञानलाई समेत चुनौति दिएको छ । चलचित्रमा ब्यक्ति एवं परिवारमाथिको असन्तुष्टका कारण कसैको ज्यानमार्फ दुःख दिन खोजिएको छ, यो गुरुङ समाजमा मात्रै नभएर अन्य समाजमा पनि छ । यसको ठेट नेपाली शब्द भने भेटिएको छैन ।

पछिल्लोपटक निकै सफलता हासिल गरेको चलचित्र डिट्ठा अघिल्ला चलचित्रहरु भन्दा फरक छ । सवा २ घण्टाको चलिचत्रमा अधिकांश समय बोक्सीको विषयवस्तुले लिएको छ । प्रस्तुतिले गुरुङ समाजको नेतृत्व गरेपनि अभिनयमा भने निखार आउनुपर्ने देखिन्छ । अरु भन्दा भिन्नै चलचित्र लिएर आधुनिकतालाई बढी जोड दिँदै चलचित्र निर्माण गर्दै आएका निर्देशक प्रितम गुरुङले पर्दामा पनि नयाँ नायकको अनुहार लिएर आएमा राम्रा हुने दर्शकहरको प्रतिक्रिया छ । यद्यपी परम्परागत गुरुङ भेषभुषा, मौलिक ग्रामीण बनोट र सुन्दर प्राकृतिक दृश्यले चलचित्रको बेग्लै स्वाद थपिन्छ ।

लमजुङमा उच्च भेगमा रहेका गुरुङ गाउँसम्म पर््रदशन गरिएको डिट्ठाको कथा अहिले पनि गाउँले परिवेशसंग मिल्दो भएकोले खासगरी गुरुङ समुदायले मन पराएको निर्माता गणेश गुरुङ वताउँछन् । केहीदिन अघि लमजुङ सदरमुकाम वेसीशहरमा पर््रदर्शन गरिएको यो चलचित्र हर्ेन दर्शकको निकै भीड लागेको थियो । डिट्ठाको यसअघि पोखरा र काठमाण्डौंमा समेत पर््रदशन भईसकेको छ । चलचित्रलाई बुद्धजयन्तीको अवसरमा युकेमा समेत पर््रदशन गरिने तयारी भईरहेको निर्माता गुरुङको भनाई छ ।

रोधीं डिजिटलको १२ औं प्रस्तुति रहेको डिट्ठालाई गम गुरुङ, मेघ घले, गणेश गुरुङ र डिजे गुरुङले निमार्ण्र्ाारेका हुन् । चलचित्रमा निर्देशक प्रितम गुरुङ, गायक कृष्ण गुरुङ, राजु गुरुङ, प्रतीक्षा गुरुङ, काजल गुरुङ र रञ्जु गुरुङको अभिनय रहेको छ । चलचित्रमा निर्देशक प्रितम गुरुङकै कथा रहेको छ ।

Gurung Film Ditha

Gurung Film Ditha

Gurung Film Ditha

Gurung Film Ditha


सावधान, युनिटीले ठग्ला!

सावधान, युनिटीले ठग्ला!

२०५८ सालतिर नेपालमा तहल्का मच्चाएर केही समयपछि रु.२ अर्बभन्दा बढी रकम उठाई भागेको नेटवर्क कम्पनी गोल्ड क्वेष्ट इन्टरनेशनलका लागि हङकङमा बसेर काम गर्थे― स्याङ्जाका काशीराम गुरुङ (प्रसाद)। सो कम्पनी भागेपछि कारबाहीका लागि आन्दोलन गर्न गठित गोल्ड क्वेष्ट पीडित सङ्घर्ष समितिका संयोजक थिए― रामेछापका पुष्पराज पौडेल। अहिले प्रसाद, बहुचर्चित नेटवर्क कम्पनी युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष छन् भने पौडेल हर्वो इन्टरनेशनलका हर्ताकर्ता।

८१ हजार ५१७ सदस्य भएको हर्वोले वाणिज्य मन्त्री अध्यक्ष रहेको उपभोक्ता संरक्षण समितिद्वारा ४ मङ्सिर २०६६ मा पारित नेटवर्क मार्केटिङ व्यवसायसम्बन्धी निर्देशिका को आधारमा वाणिज्य विभागबाट ९ चैतमा नेटवर्क सञ्चालनको अनुमतिपत्र लिएको छ भने युनिटी अनुमति प्रक्रिया पुर्‍याउने कसरत गरिरहेको छ। निर्देशिकाअनुसार यस्तो व्यवसाय सञ्चालनको अनुमति लिन पूरा गर्नुपर्ने १२ वटा प्रावधानमा रु.२५ लाख धरौटी, वस्तुको गुणस्तर, परिमाण र मूल्यमा पारदर्शिता, कम्पनीको ठेगाना परिवर्तन र शाखा विस्तार गर्दा तथा नयाँ योजना ल्याउँदा वाणिज्य विभागको अनुमति लिनुपर्ने जस्ता बुँदाहरू छन्। यसैगरी, किनेको वस्तुमा उपभोक्ताको चित्त नबुझ्े ३० दिनभित्र फिर्ता, एकल उद्देश्य अर्थात् नेटवर्क मार्केटिङकै लागि मात्र सञ्चालन, नेपालमा कमाएको रकम विदेश लैजानुपर्दा कानुनबमोजिम कर, सदस्यताको आधारमा नभई वस्तुको खरिदबिक्री मात्रै गर्न पाइने जस्ता शर्त पनि छन्। एउटा वस्तुको खरिदमा अर्को चिज किन्न बाध्य नबनाउने, लोभ देखाएर सामान महँगोमा बेच्न र केन्द्रीय अनुगमन समितिको निर्णय अनुसारको क्षतिपूर्ति नभरेसम्म कारोबार गर्न नपाइने कुरा पनि निर्देशिकामा छन्।

तर, विभागबाट स्वीकृत पहिलो नेटवर्क कम्पनी हर्वो नै निर्देशिकाअनुरुप सञ्चालित छैन। नेटवर्क व्यवसायीले गर्न नहुने शीर्षकअन्तर्गत नं.२ ङ मा वस्तु बिक्री गरी/नगरी सदस्यता शुल्क उठाउन नपाइने भनिएको अनुमतिपत्रकै पुछारमा स्पष्ट देखिने बुँदालाई हर्वोले बिजनेस किड्स योजनाबाट उल्लङ्घन गरेको छ। रु.५ हजारको सामान किन्न लगाएर सदस्य बनाउने हर्वोले बिजनेस किड्सका लागि छुट्टै रु.१ हजार उठाउने गरेको छ। नेटवर्क मार्केटिङ व्यवसायीहरूको सङ्गठन नेपाल डाइरेक्ट सेल्स एसोसिएसन (एनडीएसए) का कार्यवाहक अध्यक्ष समेत रहेका हर्वोका निर्देशक वसन्त पण्डित भन्छन्, “बिजनेस किड्स नराख्दा भारत र मलेशियामा कारोबार गर्न नपाइने तथा वस्तुको बारेमा बुझ्ाउन सकिँदैन।” १६ चैतमा सञ्चालन अनुमतिपत्र लिएको क्रिस्टल भिजनले सदस्यता शुल्क लिँदैन, तर चारवटा प्याकेज रोज्न लगाएर रु.३५०० बराबरको सामान भिडाउँछ, जुन एक वस्तुसँग अर्को वस्तु किन्न बाध्य पार्न नहुने निर्देशिकाकै शर्त विपरीत छ। क्रिस्टलसँगै अनुमति पाएको बेष्ट वर्ल्ड बिजनेश लिङ्क (बीडब्लुबीएल) को सदस्यता लिन रु.१० हजार ८०० देखि रु.१८ हजारको सामान किन्नुपर्छ। अनुमतिपत्र लिने तयारीमा रहेका अधिकांश कम्पनीले पनि सदस्यता शुल्क उठाइरहेका छन्।

निर्देशिकाका प्रावधानसँग कुनै साइनो नभएको र वाणिज्य विभागको दायरामै नपर्ने, प्रति ग्राहक रु.१५ हजार उठाएर एक पैसाको सामान नदिने युनिटी लाइफ इन्टरनेशनललाई सञ्चालन अनुमति दिने तयारीमा छ, वाणिज्य विभाग। विभागका महानिर्देशक अनिलकुमार ठाकुर भन्छन्, “ब्याङ्किङ, बीमा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा कारोबार गरिरहेको युनिटीलाई निर्देशिकामा समेट्ने प्रयास भइरहेको साँचो हो।” विभागले सञ्चालन अनुमतिका लागि आवेदन स्वीकृत गरेको १७ कम्पनीमध्ये सेवा बेच्ने युनिटी एक मात्र हो। विभागले युनिटी जस्तै सेवा बेच्ने युनिक क्वेष्ट भ्याकेसनको आवेदन भने अस्वीकृत गरेको छ।

एनडीएसएका कार्यवाहक अध्यक्ष पण्डित नेटवर्कको माध्यमबाट सेवा बेच्न नमिल्ने बताउँछन्। सेवा लिने र दिनेबीच लेनदेन हुनसक्ने तर तेस्रो व्यक्तिले किनबेच गर्न नमिल्ने उनको भनाइ छ। तर, युनिटी लाइफका महाप्रबन्धक शिशिर योगी भन्छन्, “वस्तु र सेवालाई फरक व्यवहार गर्नुपर्ने कुनै वैज्ञानिक कारण भए पेश गर्न म सम्बन्धित सबैलाई चुनौती दिन्छु।

रु.६ अर्बको हिसाब छैन
कम्पनी रजिष्टार कार्यालयमा १५ फागुन २०६२ मा एस्युरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रालिको नाममा दर्ता भएको युनिटी लाइफ २ भदौ २०६४ मा पब्लिक लिमिटेड कम्पनी भएको देखिन्छ। नेपालको चर्चित नेटवर्क मार्केटिङ कम्पनीको रूपमा ग्राहक सङ्ख्या बढाइरहेको यस कम्पनीले ब्याङ्किङ, हेल्थ, एयरपोर्ट अराइभल एण्ड डिपार्चर (आफ्ना सदस्यहरूलाई एअरपोर्ट पुर्‍याइदिने तथा लिन जाने), ट्राभल एण्ड टुर्स जस्ता क्षेत्रमा हात हालेको छ। ३०० वटा बोइङ विमान किन्ने, ७ हजार मेगावाट विद्युत् र दुई अर्ब लिटर डिजल उत्पादन गर्ने जस्ता अपत्यारिलो योजना सार्वजनिक गरेको युनिटीले रु.२५ करोड त, ग्राहक डुबाएर भागेका नेटवर्क कम्पनी किन्नमै खर्च गरेको छ, जसमा लाइफ भिजन, नोबेल सफी, नियोसफ्ट, सारथि, क्वेष्ट ड्रिम्स, गानो एक्सललगायत ९ वटा छन्। महाप्रबन्धक योगीले यसलाई कम्पनी मर्ज भएको भने पनि डुबेका कम्पनीका नाइकेबाहेक अन्य सदस्य युनिटीमा परेका छैनन्

युनिटीले रु.१५ हजार तिरेर ब्याङ्किङ योजनामा सहभागी ग्राहकलाई १३ हजार मुद्दती निक्षेपमा जम्मा हुने र पाँच वर्ष पछाडि एकमुष्ट १९ हजार ५०० फिर्ता दिने आश्वासन दिएको छ। जुन, वाणिज्य ब्याङ्कहरूले मुद्दती निक्षेपमा दिने वार्षिक व्याजका हिसाबले हुन आउने रकमभन्दा पनि कम हो। दुईदेखि ५२ वर्षका व्यक्ति सहभागी भइरहेका यस योजनाका कुनै पनि सदस्यको पाँच वर्षभित्र मृत्यु भए रु.१ लाख राहत र दुर्घटनामा मृत्यु भए रु.५ लाख दिइने पनि कम्पनीको दाबी छ। तर, मुद्दतीमा जम्मा हुने भनिएको १३ हजार सम्बन्धित ग्राहकको नाममा होइन, कम्पनीको नाममा जम्मा गरिएको छ (हे. रसिद)।

ब्याङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ अनुसार यस्तो पैसामा ग्राहकको कानुनी हक लाग्दैन, अर्थात् पाँच वर्षपछि व्याजसहित फिर्ता दिने भनिएको झ्ण्डै ४ लाख सदस्यहरूबाट अहिलेसम्म उठाइसकिएको रु.६ अर्बमा युनिटी लाइफ सञ्चालकको मात्रै हक लाग्नेछ। त्यसमध्ये पनि हालसम्म रु.१३ करोड मात्रै डिपोजिट राखिएको र बाँकी रकम मन्त्रीदेखि विभागीय कर्मचारीको खातिरदारीमा, डुबेका कम्पनीहरूको फर्निचर खरिद, विज्ञापन र अन्य तामझ्ाममा खर्च गरेको स्रोतको दाबी छ। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्, “यसमा पैसाका खास मालिकले कानुनी उपचारसमेत पाउँदैनन्।”

ग्राहकको गोजीबाट आएको यस्तो रकम सरासर युनिटीका अध्यक्ष प्रसादकै अर्को कम्पनी फिना वर्ल्ड मल्टीपर्पोज को-अपरेटिभमा जाने गरेको छ। फिना वर्ल्डको रसिदमा युनिटीकै लोगो भएकाले यस्तो अनधिकृत कारोबार हाकाहाकी नै गरिरहेको स्पष्ट छ। ब्याङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनले राष्ट्र ब्याङ्कको अनुमति विना हुने यस्ता कारोबारलाई गम्भीर आर्थिक अपराध मानेको छ। सो ऐनको परिच्छेद ११ मा यसरी निक्षेप सङ्कलन र व्याजदर निर्धारण गर्नेमाथि बिगोको दुई गुणासम्म जरिवाना वा दुई वर्ष कैद हुने व्यवस्था छ। चार वर्षदेखि यसरी खुल्लमखुल्ला अनधिकृत रूपमा ब्याङ्किङ कारोबार गरिरहेको युनिटी लाइफलाई भने कानुनको टाँगाले पनि छोएको छैन। आजीवन स्वास्थ्य बीमाका लागि अधिकारप्राप्त निकायबाट अनुमति नलिएको युनिटीको स्वास्थ्यसम्बन्धी अर्को योजनामा प्रति सदस्य रु.१५ हजार ७५० उठाएर आजीवन निःशुल्क उपचार गरिदिने आकर्षण देखाइएको छ। एक रुपैयाँ पनि फिर्ता नहुने यस योजनाअन्तर्गत सदस्यहरूको उपचारका लागि देशभर १७ वटा अस्पताल स्थापना गरिएको युनिटीको वेबसाइटमा उल्लेख छ।

गोल्ड क्वेष्टका लागि हङकङमा काम गर्दा नेटवर्क मार्केटिङ बुझ्ेका प्रसादले नेतृत्व गरेको युनिटी लाइफका अन्य संस्थापकमा विष्णु क्षेत्री प्रबन्ध निर्देशक, भीम गुरुङ अर्थ-निर्देशक, कृष्ण क्षेत्री प्रशिक्षण निर्देशक, इन्द्र विक डिपार्टमेन्ट स्टोर

निर्देशक र नेत्र राजवंशी सूचनाप्रविधि निर्देशक छन्। विभिन्न नेटवर्क कम्पनीको उत्थान र पतनमा मुख्य जिम्मेवारहरू नै युनिटीका खम्बा भएका छन्। एस्युरेन्स डाइरेक्टर वीएन गौतम र एयरलाइन्स डाइरेक्टर भूपेन्द्र मल्ल नोबल सफी, ट्रेनिङ टीमका रुपकुमार राई डि’सफ्ट र लाइफ भिजन, विके शर्मा र तिलक भुसाल डियोसफ्ट र नि’सफ्ट, जीवन भण्डारी इन्नोभेटिभ र सुरज यादव एमवाई र मोडिकेयर डुबाएपछि युनिटीमा पसेका खेलाडी हुन्। लाइफ भिजनका सञ्चालकमध्ये एक टुकबहादुर राना अहिले युनिटी छाडेर सुरेन्द्र महर्जन वित्त निर्देशक रहेको क्रिष्टल भिजनमा प्रबन्ध निर्देशक छन्।

गुरुङ, शर्मा र राई हुन् या भुसाल र मल्ल यी सबैले यसअघि करोडौं कुम्ल्याउने क्रममा कम्पनी डुबाएको पीडित ग्राहकहरू बताउँछन्। प्रति सदस्य रु.११ हजार सङ्कलन गर्ने रुपकुमार राईहरूको लाइफ भिजनले अन्तिम समयतिर तल्लो तहका ग्राहकले बोनस पाएको चेक समेत नयाँ सदस्यहरूलाई देखाउनुपर्छ भनेर साट्न नदिएको तनहँुका पूर्ण राना बताउँछन्। बाल्यकालका दुई साथीलाई सदस्य बनाएका लाइफ भिजनका अर्का पीडित धनबहादुर पाटा भन्छन्, “नेटवर्क सदस्य बन्दा पैसा त डुब्यो नै पुरानो मित्रता समेत गुमाइयो।” लाइफ भिजनका लागि एक सय ग्राहक बनाएको बताउने काभ्रेका मिङ्मा घिसिङ भन्छन्, “मैले त्यति बेला आमाको ढुङ्ग्री बेचेर गरेको काम अहिले युनिटीको नाममा भइरहेको छ।”

नेटवर्किङका विवादास्पद खेलाडीहरूलाई समेट्दै अगाडि बढेको युनिटी लाइफले कानुन मिचेर कसरी काम गरिरहेको छ भन्ने कुरा केही महिनाअघि उक्त कम्पनीको एक कार्यक्रम सम्झ्े पुग्छ। २ भदौमा आयोजित कम्पनीको तेस्रो वार्षिक उत्सवमा शुभकामना दिनेमा परराष्ट्र मन्त्री सुजाता कोइराला, सञ्चार मन्त्री शङ्कर पोखरेल, वाणिज्य मन्त्री राजेन्द्र महतो, सचिव पुरुषोत्तम ‘झ्ादेखि प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसम्म थिए। यसका सञ्चालकहरूलाई सम्मानपत्र दिन राष्ट्रपति र प्रधानमन्त्री उपस्थित भएको समारोहलाई नेपाल टेलिभिजनले दुई घण्टा प्रत्यक्ष प्रसारण गरेको थियो।

विधिभन्दा बलमिच्याइँबाट चलेको देखिने युनिटीप्रति सरकारी अधिकारीहरू कतिसम्म जाती देखिन्छन् भने १४ माघ २०६४ मा गृहमन्त्रालयका शाखाअधिकृत दीपकराज नेपालले देशभरका प्रमुख जिल्ला अधिकारीलाई यसको कारोबारमा सहयोग पुर्‍याउन लिखित निर्देशन नै दियो (हे. पत्र, पृ. २० मा)। कमाउधन्दामा लागेको युनिटीको उत्थानमा यसरी जोड लगाउने सरकारी काइदा बुझ्िनसक्नुभएको अधिवक्ता रामचन्द्र सिम्खडा बताउँछन्। तर, युनिटीका महाप्रबन्धक योगी राम्रो उद्देश्य राखेर गरेको काम भएकाले सहयोग पाएको बताउँछन्।

निर्देशिका नै ठग्ने प्रपञ्च

उपभोक्ता संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ कानुन नै नबनी ल्याइएको निर्देशिकालाई उपभोक्ता ठग्ने प्रपञ्च मात्र मान्दछन्। संसारका सबै देशमा ऐन, कानुन बनेपछि मात्र नेटवर्क व्यवसाय सञ्चालन भएको बताउँदै उनी भन्छन्, “नियत राम्रो भए कम्तीमा मन्त्रिपरिषद्बाट निर्णय गराएर ल्याउँथे होलान्।” अधिवक्ता सिम्खडा यो निर्देशिकाको भरमा ठगीको मुद्दासम्म लगाउन सकिए पनि कुनै उपभोक्ताले अदालतबाट क्षतिपूर्ति पाउन नसक्ने ठोकुवा गर्छन्।

२०६१ मै मस्यौदा तयार भएर पनि नेटवर्क मार्केटिङसम्बन्धी कानुन पारित नभएको अवस्थामा निर्देशिकामार्फत आफ्नो पेशालाई वैधता दिन व्यवसायीहरू सफल भएका छन्। कानुन नल्याई निर्देशिकाबाट नेटवर्क व्यवसायलाई खुला छाड्न नहुने अडान लिएकै कारण २०६४ मा वाणिज्य विभागको महानिर्देशक रहेका प्रेमकुमार राई तत्कालीन वाणिज्य मन्त्री श्यामसुन्दर गुप्ताको कोपभाजनमा परेका थिए।

त्यसो त उपभोक्ता अधिकारकर्मीहरू नेटवर्क व्यवसायीले नै मस्यौदा गरेको निर्देशिकालाई वाणिज्य मन्त्री महतो अध्यक्ष रहेको समितिलेे पारित गरेको दाबी गर्छन्।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जनका अनुसार अहिले ४० वटा जति कम्पनीले नेटवर्कको नाममा पैसा उठाइरहेका र वाणिज्य विभागमा आएका मध्ये १४ कम्पनीले मात्रै ८ लाख १ हजार ४७३ ग्राहक बनाएर रु.१० अर्बभन्दा बढीको कारोबार गरिरहेको देखिन्छ।

एनडीएसएका संयोजक रुपकुमार क्षेत्री उपभोक्तामा पैसा तिरेबापत मैले के र कसरी पाउनुपर्छ भन्ने चेतना नभएकाले ठग मनोवृत्तिका मानिसहरूले नेटवर्किङलाई लुटेराहरूको व्यवसाय बनाएको बताउँछन्। उनी भन्छन्, “सरकारले तुरुन्तै कानुन ल्याएर कानुनी दायरामा नपर्ने कम्पनीमाथि प्रतिबन्ध नलगाए अनेकौं गोल्ड क्वेष्ट काण्ड दोहोरिने निश्चित छ।”
हुन पनि कानुनको अभाव, उपभोक्तामा चेतनाको कमी र बेरोजगारीका कारण नेटवर्करहरूलाई ग्राहक बढाउन सजिलो भएको छ। यत्रो आकार लिइसकेको नेटवर्क कारोबारको नियमन र नियन्त्रण गर्नुपर्ने सरकारसँग भने कानुनतः के कति कम्पनी छन् भन्ने तथ्याङ्क समेत छैन। यो अवस्थामा ठगीको उजुरी गर्ने निकाय नहुनु अनौठो भएन।

साभारः हिमाल खबरपत्रिका

बेलायतबासीको अभियान - एक लाख ५० हजार रुपैया आर्थिक सहयोग तीन गा. वि. स. का तीन बिध्यालयलाई

hGd lbg] cfdf / hGde"ld :j0f{ eGbf Kof/f] x'G5 . o;} dGqn] sfo{ut lznlznfdf d'n's aflx/ /x]sf xfdLnfO{ klg 5'g] u/]sf] 5 . ;do / kl/:ytLn] ef}lts ?kdf xfdL d'n'saf6 6f8f /x] klg If0f If0fdf b]z clg cfkm\gf] uf“p 3/sf] dfofn] ;tfpg] ub{5 . ToxL uf“psf kfvf kv]/fn] xfdLnfO{ vf]hL/x]sf] efg xfdLdf x'G5 .

o;} s'/fnfO{ dWogh/ ub}{, ndh'Ë lhNnfsf] afx'g8f“8f, 3']d'{ / tfl3|Ë uf“p ljsf; ;ldltaf6 xfn a]nfotdf ljleGg If]qdf sfo{/t xfdL tn pNn]lvt AolQmx?n] cfkm\gf] uf“p 3/sf] lzIff, :jf:Yo, v]ns'bsf] ljsf; nufot cGo ;fdflhs If]qdf s]lx xb ;Dd eP klg ;xof]u ug]{ cleofg rnfpg nfu]sf 5f}+ .

o;} qmddf o; tLg uf“p ljsf; ;ldltsf] lzIffsf] w/f]x/ afx'g8f“8fdf /x]sf] rGb|f]bo dfljnfO{ pRr dflj afgfpbf klg xfdLn] cfly{s ;xof]u u/]sf lyof} . o:t} 3]d'{ uflj;sf] 3]d'{kmf“6df km'6an d}bfg agfpg] qmddf klg xfdLn] cfly{s ;xof]u u/]sf] s'/f oxf“ :d/0f u/fpg rfxfG5f}+ . of] qmdnfO{ lg/Gt/tf lbg] qmddf clxn] xfdL yk tLg ljBfnosf] z}lIfs tyf ef}lts :t/ ;'wf/ ug{sf nflu cfly{s ;xof]u ug{ u}/x]sf 5f} . cfkm\gf] sdfO{sf] s]xL k|ltzt x/]s aif{ uf“p 3/sf] s'g} g s'g} Ifqsf] ljsf;df nufpg] nIo cg';f/ o; k6s xfdL{n] Ps nfv %) xhf/ ?k}of tLg uf“p ljsf; ;ldltsf tLg ljBfnonfO{ lbg] lg0f{o u/]sf 5f}+ .

h; cGt{ut afx'g8“f8fsf] eL/k':t'g l:yt sflnsf k|fylds ljBfno, 3]d'{sf] pkNnf] lrKnf l:yt /TgljBf dlGb/ k|fyflds ljBfno / tfl3|Ësf] 5fkf8f“8f l:yt k|]dldng lgDg dfWoflds ljBfnonfO{ %)–%) xhf/ ?k}of cfly{s ;xof]u ug{ nfu]sf 5f} . of] 7"nf] /sd xf]Og t/ xfdLnfO{ nfU5, ljleGg kl/l:ytLn] b]z aflx/ /x]sf ;d:y g]kfnLnfO{ cfkm\gf] ufpsf] ljsf;df s]xL ug'{ k5{ eGg] efjgf a[l4 x'G5 eGg] xfd|f] ck]Iff klg 5 . ;fy} xfd|f] of] ;xof]unfO{ cfufdL aif{x?df xfdLn] a[l4 ub}{ nlug] klg oxf“ pNn]v ug{ rfxfG5f} . cfzf 5 xfd|f] of] ;xof]un] tL ljBfnodf lzIff cfh{g ug{ cfpg] ljBfyL{nfO{ klg k|]/0ff / ;xof]u ldNg] 5 .

ndh'Ë lhNnfsf] pQ/L If]qdf /x]sf] pNn]lvt tLg uflj;af6 xfn j]nfotdf /x]sf lgDg AolQmx? o; cleofgdf /xg' ePsf] hfgsf/L u/fpg rfxG5f}+ .

 

!, s[i0f u'?Ë, afx'g8f“8f, kfl/8L  

@, l6sf/fd u'?Ë, 3]d'{, a8n la;f}gf

#, s0f{ u'?Ë, 3]d'{, pkNnf] lrKnf 

$, ;f]d axfb'/ u'?Ë, 3]d'{, lgp/L

%, s[i0f 3n], 3]d'{kmf“6     

^, ;'/]Gb| 3n], 3]d'{kmf“6

&, SofK6]g b]jaxfb'/ 3n], 3]d'{kmf“6  

*, sg/f;L 3n], 3]d'{ l5r',

(, t]h 3n], 3]d'{ l5r'     

!), sfln axfb'/ u'?Ë, 3]d'{ vfgLuf“p

!!, sdn u'?Ë, pkNnf] tfl3|Ë   

!@, ;fljhË u'?Ë tfl3|Ë 5f“kf

!#, /fdaxfb'/ u'?Ë, tfl3|Ë :ofª\u]  

!$, z'e 3n], afx'g8f“8f eL/k':t'g

!%, k"0f{ 3n], afx'g8f“8f, eL/k':t'g

 

wGojfb

 

 

वर्षारानी गुरुङ - मिस मंगोल-२०१०

वर्षारानी गुरुङ

केही दिनअघिसम्म उनको चिनारी थियो, एलेवल सिध्याएर बसेकी विद्यार्थी । जसै शुक्रबार साँझ उनको शिरमा मिस मंगोल-२०१० को ताज पर्‍यो, मोबाइल र घरको फोन एकाएक व्यस्त बन्यो । मुलुकभरका ४० सहभागीलाई उछिनेर मिस मंगोल बनेकी १९ वर्षीया वर्षारानी गुरुङ मंगलबार साँझसम्म पनि बधाई थापिरहेकी थिइन् ।

कस्तो लागिरहेको छ ?

एकदमै उत्साहित । अझै बधाई थापिरहेकी छु । जिम्मेवारी थपिएको महसुस भइरहेको छ ।

कस्तो जिम्मेवारी ?

मंगोल संस्कृतिलाई प्रवर्द्धनको । युवाहरूलाई आफ्नो मौलिक कला, संस्कृति र भाषाप्रति इम्पावर (सशक्त) गर्न चाहन्छु ।

किन नि ?

मेरो विचारमा आइडेन्डिटी (पहिचान) भनेकै मौलिकतामा नापिने हो । कला, संस्कृति, वेशभूषा भुल्यौं भने मौलिक पहिचान कहाँ रहन्छ र ?

यसको मुख्य प्रेरणा ?

म आफैं र मेरो परिवार । हाम्रो पुख्र्यौली झापा हो, जहाँ गुरुङ भाषा बोलिँदैन । मेरो विचारमा यो आइडेन्डिटी क्राइसिस

(पहिचानको समस्या) हो । सानैदेखि गुरुङ भाषा र वेशभूषामा रुचि थियो तर मैले वातावरण नै पाइनँ ।

मिस मंगोल क्रममा सिकियो होला नि ?

हो, अलिअलि सिकियो । गुरुङ वेश र गहना कस्ता-कस्ता हुन्छन् र कसरी लगाउँछन् भन्ने थाहै थिएन ।

अनि कसरी जितियो त मिस मंगोल ?

मेरो कन्फिडेन्स (आत्मविश्वास) । अनि जजेज (निर्णायकहरू) ले मेरो ट्यालेन्ट (प्रतिभा) देखेर पनि होला ।

कस्तो प्रतिभा ?

विनर राउन्डमा \\'मंगोलियन युवालाई मौलिक कला र संस्कृतितिर आकषिर्त तुल्याउन के गछ्र्यौ ?\\' भन्ने सोधिएको थियो, मैले मास मिडियाको माध्यम अपनाउँछु र अवैरनेस क्याम्पेन

(जागरण अभियान) चलाउँछु भनेकी थिएँ । ट्यालेन्ट राउन्डमा पनि मेरो प्रस्तुति भिन्न थियो । भूकम्पसम्बन्धी पावरप्वाइन्ट शो गरेकी थिएँ ।    

करिअरचाहिँ केमा बनाउने ?

वातावरणविद् बन्छु ।

मिस मंगोलले वातावरणविद् बन्न सघाउँछ त ?

यो त आफूलाई फैलाउने ठूलो प्लेटफार्म हो नि । यसले दिलाउने चिनारी र अवसरले व्यक्तिगत करिअर बनाउन पक्कै पनि सघाउने छ ।

वातावरणसम्बन्धी अनुभव ?

रातो बंगलाबाट एलेवल गर्दा प्रोजेक्ट वर्कअन्तर्गत चितवनमा पेस्टिसाइड प्रयोगबारे रिसर्च गरेकी थिएँ । भर्खरै केयर नेपालअन्तर्गत वातावरणसम्बन्धी तीन महिना रिसर्च पनि सकाइसकेकी छु ।  

मिस मंगोल भएपछिको योजनाचाहिँ ?

तत्काल योजना बनिसकेको छैन । आदिवासी जनजाति संस्कृति प्रवर्द्धनसम्बन्धी केही अभियानहरूमा छिट्टै सामेल हुन्छु होला ।

पछिल्ला वर्षहरूमा मौलिक संस्कृतितिर मंगोल युवाहरू किन तानिएका होलान् ?

पहिचानको प्रश्नसँग जोडिएको भएर होला ।

Source : Kantipur

कतारमा खुल्ला नेपाली एकल गायन र नृत्य प्रतियोगिता हुने

बुधबल तमू, मार्च २२ दोहा - शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५५४औं जन्म जयन्तीको अवसरमा कतारमा नेपाली कला र संस्कृतिलाई माया गर्ने प्रतिभावान नेपाली कलाकारहरु विच खुल्ला नेपाली एकल गायन र नृत्य प्रतियोगिता हुने भएको छ । तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू साँस्कृतिक परिवार कतारको गत १८ मार्च विहिवारका दिन बसेको बैठकले यस प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।

तमू साँस्कृतिक परिवार कतारका अध्यक्ष बिमल तमूका अनुसार विभिन्न चरणहरु पार गर्दै यस कार्यक्रम सम्पन्न गरिने छ । विभिन्न चरणहरुबाट छनौट भएका उत्कृष्ट १० कलाकारहरुको छनौट गरिने छ र अन्तिम चरणबाट विजेता घोषणा गरिनेछ । यस संबन्धि नियमहरु कतारबाट प्रकाशित हुने साप्ताहिक पत्रिका तथा विभिन्न अनलाईन पत्रिकाहरुमा प्रकाशित गरिनेछ । अध्यक्ष तमूका अनुसार आकर्षक पुरस्कार सहितको यस कार्यक्रमले नेपाली कलाकार दाजुभाई तथा दिदीबहिनीहरु भित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन ठुलो सहयोग मिल्नेछ ।
स्मरण रहोस यस भन्दा अघिल्लो बर्ष पनि यस साँस्कृतिक परिवारले कतारमा खुल्ला एकल नृत्य प्रतियोगिता सम्पन्न गरि सकेको छ ।

त्यस्तै सोही दिन तमू साँस्कृतिक परिबारका नृत्य निर्देशक भीम प्रसाद तमू कतार नफर्कने गरि स्वदेश फर्कन लाग्नु भएकोले कदर पत्र सहित विदाई गरिएको समाचार छ । सो कार्यक्रममा संस्थाको तर्फबाट तमू बौद्ध सेवा समिति कतारका सल्लाहकार तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका महासचिव बिलबहादुर तमूले संस्थाको तर्फबाट कदर पत्र प्रदान गर्नु भएको थियो । तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन तमूले संस्थालाई भीम प्रसाद तमूले पुर् याउनु भएको योगदानको चर्चा गर्नु हुदै वहाँको उज्वल भविष्यको कामना समेत गर्नु भएको थियो ।

यस्तो छ पाँच सय डलर पर्ने एनआरएन आईडी

दोहोरो नागरिकता माग्दै आएका एनआरएनले विशेष सुविधा पाउने गरी नेपाल सरकारले हिजोदेखि बाँड्न थालेको एनआरएन परिचय पत्र यस्तो देखिन्छ। परराष्ट्रमन्त्री सुजाता कोइरालाले गुपचुप रुपमा सबैभन्दा पहिला आफ्नी छोरीलाई र सार्वजनिक रुपमा एनआरएन अध्यक्ष देवमान हिराचनलाई यो परिचय पत्र बाँडेकी हुन्। परिचय पत्र अंग्रेजी र नेपाली दुवै भाषामा छ र यसमा नागरिकता नम्बर र पासपोर्ट नम्बर पनि उल्लेख छ। यो ‘विदेशमा बस्ने नेपाली नागरिक’ परिचय पत्र हो। नपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेका एनआरएनहरुले पनि यस्तो परिचय पत्र पाउने छन्। उनीहरुको परिचय पत्रमा ‘नेपाली मूलका विदेशी नागरिक’ लेखिएको हुन्छ। यस्तो परिचय पत्र बोक्ने एनआरएनले नेपाल आउन पहिले जस्तै हरेक पटक भिसा लिनु पर्ने छैन। नेपाली नागरिकता त्यागिसकेका अर्थात् विदेशी नागरिकता लिइसकेका नेपाली मूलका व्यक्तिले यस्तो परिचय पत्र लिन पाँच सय डलर शुल्क तिर्नुपर्ने रहेछ।

सार्क मुलुक बाहेक अरु देशमा दुई वर्ष बसेकाले यस्तो एनआरएन आईडी पाउने छन्। नेपाली मूलका विदेशी नागरिकले एनआरएनका रुपमा पाएको परिचय पत्रको अवधि १० वर्ष बहाल रहने छ। विदेशको नागरिकता नलिएका तर दुई वर्ष सार्कबाहेकका मुलुकमा बसेका नेपालीहरुको परिचय पत्रको अवधि भने दुई वर्षको मात्रर हने छ। उनीहरुले त्यसलाई रिन्यु पनि गर्न सक्नेछन्।

पढ्न, तालिम लिन गएका, विदेशस्थित नेपाली नियोगमा काम गरिरहेका र सार्क क्षेत्रमा बसोबास गर्दै आएकाले भने परिचयपत्र पाउने छैनन्।

एनआरएनको नाम र परिचय पत्र दर्ताका लागि परराष्ट्र मन्त्रालय अनि विदेशमा रहेका सबै नेपाली दूतावासमा छुट्टै एनआरएन डेस्क खोलिने रहेछ। नाम दर्ता गर्न नेपालमा १५ सय रुपैयाँ र विदेशमा नेपाली मूलका विदेशी नागरिकलाई ५० अमेरिकी डलर अनि नेपाली नागरिकलाई २० अमेरिकी डलर लाग्ने रहेछ।

सस्तो पर्छ भन्दै विदेशी नागरिकता लिएर पनि ‘विदेशमा रहेका नेपाली नागरिक’को रुपमा एनआरएन आईडी लिनुभयो र केही गरी तपाईँले विदेशी नागरिकता लिनुभएको पत्ता लाग्यो भने तपाईँको एनआरएन आईडी खोसिनेछ। वा बीचमा तपाईँले विदेशी नागरिकता लिनुभयो भने पनि तपाईँको एनआरएन आईडी खोसिनेछ र यसवापत् पाइने सुविधा पाउनु हुनेछैन। तपाईँले नेपाली मूलका विदेशी नागरिकको अर्कै परिचय पत्र लिनुपर्नेछ।

एनआरएन ऐनमा के छ?
नेपाली मूलको विदेशी नागरिक भन्नाले कुनै व्यक्ति साबिकमा स्वयम् वा निजको बाबु,आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि सार्कको सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्ति सम्झनुपर्छ।

विदेशमा बस्ने नेपाली नागरिक भन्नाले सार्कको सदस्य मुलुकमा बसोबास गरेको, नेपाल सरकारबाट खटिई विदेशस्थित कुटनैतिक नियोग वा महावाणिज्यदूतावासमा बहाल रहेको र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक बाहेक कुनै पेशा, व्यवसाय र रोजगारी गरी विदेशी मुलुकमा कम्तिमा दुई वर्ष बसोबास गरेको नेपाली नागरिक सम्झनुपर्छ।

के के सुविधा पाइन्छ त यो कार्ड भएपछि ?
- नेपाल आउन भिसा लिनुपर्दैन।
-काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी जग्गा किन्न पाउँछन्।
-तराईका नगरपालिका क्षेत्रभित्र बढीमा आठ कठ्ठा र अन्यत्र चार रोपनीसम्ममा घरजग्गा किन्न पाउँछन्।
-पहाडमा २६ रोपनीसम्म जग्गा किन्न पाउने छन्।
-तराईका गाविसमा एक बिगाहा र अन्यत्र दश रोपनीसम्म घरजग्गा किन्न पाउँछन्।
-नेपालमा प्रत्यक्ष लगानी गर्न पाउँछन्।

कसरी लिने आईडी ?
नेपालमा भए काठमाडौंस्थित परराष्ट्र मन्त्रालय र विदेशमा भए सम्बन्धित देशको नेपाली नियोगमा एनआरएन भएको प्रमाणसहित निवेदन दिने। त्यसको एक हप्ताभित्र त्यसको यथार्थ छानविन गरी परिचय पत्र वितरण गरिनेछ।

आईडी लिनलाई भर्नुपर्ने फारामहरु (डाउनलोड गर्न राइट क्लिक गरेर सेभ टार्गेट एज गर्नुस्)

नेपाली नागरिकले भर्नुपर्ने फाराम
नेपाली मूलका विदेशी नागरिकले भर्नुपर्ने फाराम

६ सय मेगावाटको मर्स्याङदी-२ आयोजना बन्द आयोजना रद्ध गर्न माओवादीको माग

लमजुङ, फागुन ४ गते । लमजुङ र मनाङको सिमानामा डीपीआर तयार भईरहेको माथिल्लो मर्स्याङ्दी २ जलविद्युत आयोजना आजदेखि बन्द भएको छ । छ सय मेगावाटको विद्युत उत्पादनका लागि र्सर्भे भईसकेको आयोजना एकीकृत माओवादीले दबाब दिएपछि सुरक्षाको दृष्टिकोणले बन्द गराएको परियोजनाले जनाएको छ ।

माओवादी गोरखा क्षेत्र नम्बर १ का निर्वाचित सभाषद् अमर गुरुङ, लमजुङ क्षेत्र नम्बर १ का सभाषद बुद्धिराम गुरुङ, माओवादी लमजुङका सेक्रेटरी मोहनहरी पौडेल, मनाङका सेक्रेटरी बेद बहादुर गुरुङ लगायतले निर्माणकार्य बन्द नगरे त्यसको परिणाम गतिलो नहुने चेतावनी दिएकाछन् । एकीकृत माओवादीले भने भातृसंगठन तमू राष्ट्रिय मुक्तिमोर्चा केन्द्रीय समितिले आयोजना बन्द गराएको जनाएको छ । उनीहरुले आयोजना पर्ूण्ा रुपमा रद्ध गर्न समेत माग गरेकाछन् ।

भारतीय पर््राईभेट कम्पनी जीएमआरको ८० र हिमताल हाईड्रोपावर कम्पनीको २० प्रतिशत लगानीमा निर्माण हुन लागेको परियोजनाको डीपीआर अन्तिम चरणमा पुगेको परियोजनाका प्रवन्धकर् इन्जिनियर अरुण रजौरियाले जानकारी दिनुभयो । एकीकृत माओवादीले पावरहाउस निर्माणस्थल ताघ्रिङ गाउँ विकास समिति वडा नम्बर २ स्याँगेस्थित परीक्षण सुरुङमा झण्डा गाडेकाछन् ।

स्रोतसाधन माथिको अग्राधिकार स्थानिय आदिवासीलाई हुने संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय श्रमसन्धी दफा १६९ को प्रवधान विपरित स्थानियलाई थाहै नदिई विदेशीले निमार्ण्र्ाार्न लागेकोमा विरोध गर्नु परेको सभाषद अमर गुरुङको भनाई छ । खोलाको फाइदा बेफाइदा भोग्दै आएका खोला आसपासका बासिन्दाको हित विपरित आयोजना संञ्चालन हुन लागेको उहाँको आरोप छ ।

स्थानियवासिन्दाको शेयर विना कुनै पनि आयोजना संञ्चालन गर्न नदिने तमू मोक्ति मोर्चाले जनाएको छ । आयोजनामा काम गर्ने मजदुर, स्थानियवासिन्दा, जिल्लाबासी सबैको शेयरविना विदेशीको मात्र लगानीमा बन्ने आयोजना देशलाई हितकर नहुने सभाषदु बुद्धिराम गुरुङको भनाई छ ।

केही समय यता राष्ट्रियताको मुद्धा उठाएर भारत प्रति आक्रोसिात बन्दै आएका माओवादीले भारतीय पर््राईभेट कम्पनीको लगानी भएकाले उत्पादित विद्युत पनि भारत नै जाने आशंका गरि आयोजना बन्द गराएको माओवादी लमजुङका सेक्रेटरी मोहनहरि पौडेलले वताउनुभयो । मनाङको सिरानतालमा बाँध बाँधेर लमजुङको स्याँगेमा पावर हाउसका लागि र्सर्भे भईसकेको परियोजना अहिलेसम्मको अनुमति प्राप्त जलविद्युत परियोजनामध्येे तेश्रो ठूलो जलविद्युत परियोजना हो ।

फोटो ः

परिक्षण सुरुङ स्थलमा झण्डा गाडेर आयोजनाको बन्द घोषणा गर्दै माओवादीहरु ।

कतारका तमूहरुले तमू सहकारी संस्था लिमिटेडको स्थापना गर्ने

तमू समाज डट कम

फेब्रुअरी ७, दोहा / कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारले तमू सहकारी -वित्तिय) संस्था लिमिटेडको स्थापना गर्ने भएका छन् । तमूहरुलाई आर्थिक स्वाबलम्बन बनाउन, स्वरोजगारको वातावरण निर्माण गर्न, सवृद्ध तमू समाज र सवृद्ध नेपाल बनाउने उद्धेश्यले सहकारी संस्थाको स्थापना गर्ने भएको हो ।

प्रस्तावित सो सहकारी संस्था संचालनको लागि तमू बौद्ध सेवा समिति कतारका निर्देशक सल्लाहकार बुधबल तमूको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति पनि गठन गरेको छ । अन्य सदस्यहरुमा बिल बहादुर तमू, अमृत तमू, अमृत घले, जगन तमू, खेम तमू, बुद्ध तमू, बिमल तमू, आशु तमू, मदन तमू, भेष तमू र सदस्य सचिव हेमराज तमू रहेका छन् । बाँकी एक सदस्य भने पछि पदपुर्ति गरिनेछ । हाललाई संस्थाको केन्दि्रय कार्यालय कतारमा स्थापना गरिए पनि भविष्यमा नेपालमा स्थानिय प्रचलित कानुन अनुसार स्विकृत लिई कार्यालय संचालन गरिने योजना रहेको तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन तमूले बताउनु भयो ।

संचालक समितिका सदस्य सचिव हेमराज तमूका अनुसार तमूहरुलाई आबश्यक्ता परेको अवस्थामा सहयोग स्वरुप कर्जा प्रवाह गर्ने र बचत कार्यक्रम सहितको बैंकिङ्ग कार्यक्रम अनुसार रियल स्टेट, रेमिट, होटल तथा ट्राभल्स, सपिङ्ग सेण्टर आदि जस्ता उत्पादनशिल क्षेत्रमा लगानी गर्ने र भविष्यमा टेक्निकल ईन्स्िचच्युट, स्वास्थ्य एवं सामाजिक क्षेत्रमा पनि यस संस्थाले सेवा पुर्‍याउनेछ ।

तमू बौद्ध सेवा समिति कतारको पिकनिक सम्बन्धि सूचना ।

तमू बौद्ध सेवा समिति कतारको आयोजनामा विगतका वर्षहरुमा झैं यस वर्ष पनि यहि फेबु्रअरी १९ तारिख २०१० शुक्रवारका दिन विविध मनोरञ्जनात्मक कार्यक्रमहरु सहित सम्पन्न हुन गईरहेको रमाईलो पिकनिक (वनभोज) कार्यक्रममा कतारमा कार्यरत सम्पुर्ण तमू बन्धुहरुलाई सहभागिताका लागि यो सूचना प्रकाशित गरेका छौं । साथै उक्त कार्यक्रमका अवसरमा आउने वर्षको लागि तमू मु्र (राजा) को छनौट समेत गरिने जानकारी गराउन चाहन्छौं ।

प्रति व्यक्ति सहभागी शुल्क कतारी रियल ३० मात्र ।

आउने १५ फेबु्रअरी सोमवार सम्ममा आप\\mनो नाम दर्ता गराई सक्नु पर्ने छ ।

स्थानः:L अलखोर पब्लिक गार्डेन, अलखोर, कतार ।

सनैया क्षेत्रको लागि अलअतियामा र दोहा क्षेत्रको लागि अलर्फदनमा बसको व्यवस्था गरिएको छ ।

-दुबै क्षेत्रबाट पहिलो समुह विहान १० बजे र दोश्रो तथा अन्तिम समुह विहान ११ बजे बस छुट्ने छ ।

सम्पर्क व्यक्तिहरुः

जगन तमू-         ५२४४६७८,

लक्ष्मीकुमार तमू-     ५२४९४८८,

कृष्ण तमू-         ५८५७४७८,

हेमराज तमू-       ६४६९७३२,

बिमल तमू-        ५३५३३४०,

सुर्य तमू-         ५७११७८४,

याम तमू-       ५०७९०४७,

खेम तमू-        ५७४१८०२,

जिवन तमू-      ५९३२११३,

बुद्ध तमू-        ५९९१८७५

By - Budbal

पौरखी ग्रुपको स्वागत तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न




स्व-लगानी, स्व-परिचालन र स्व-रोजगारलाई मूलमन्त्रको रुपमा शिरोपर गरी मुुलुकको आर्थिक समु्न्नती र विकासका लागि बिसुद्ध जनमुखी व्यवसायिक योजनाहरु संचालन गर्ने उद्धेश्यले कतारको पृष्ठभूमिबाट प्रबासी नेपालीहरुकोे सहभागिता र पहलबाट स्थापीत पौरखी गु्रप इन्टरनेशनल नेपाल लि.ले गत बिहिबार २१ त्ारिखका दिन कम्पनकिा मानव श्रोत व्यवस्थापन निर्देशक श्री कमल प्रसाद न्यौपानेलाई स्वागत तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

ब्क्रास्थित हिमालयन रेस्टुुरेन्टको सभाहलमा आयोजीत सो समारोहमा कतारका हरले अब विदेशीरहेका नेपाली नागरिकहरुलाई मुलुकमै स्व रोजगारको वातावरण श्रृजना गरी मातृभूमीको विकासका लागि श्रम सिंचन गर्न सहयोगी बन्नर्ुपर्छ भन्दै पौरखीका भाबी योजनाहरका बारेमा अन्तरक्रिया गरेका थिए । कार्यक्रमा पोरखी ग्रुपका व्यवसाय तथा बजार प्रबन्ध निर्देशक श्री प्रकाश श्रेष्ठले कम्पनीले अहिले सम्म गरेका प्रगती बिबरण तथा भाबी योजनाहरुको बारेमा बताएका थिए । यस्तै समाज कल्याड तथा ब्यवस्था निर्देशक श्री नारायण रानाभाट द्धारा बिश्वभरका नेपाली माझ पौरखी ग्रुप पूग्न सफल भएको जनाएका थिए भने अर्थ संयोजक श्री कमल राज रेग्मीले आर्थीक गतिबिधी प्रस्तुुत गरेका थिए । सो कार्यक्रमा पौरखी ग्रुपका संस्थापक तथा आई सी.सी सदस्य श्री प्रज्ञान उदासले पौरखी ग्रुुपले अघि सारेको राष्ट्र निर्माणको अभियानलाई खुलेर प्रशंसा गदै आफुुले सकेको सक्दो सहयोग कम्पनीलाई गर्ने पनि प्रतिबद्धता ब्यक्त गरेका थिए । यस्तै कार्यक्रमा पौरखी ग्रुपका संस्थापक सदस्य तथा ब्यबसायी श्री टि.बि कार्कीर्,र् इ दुर्ुगा प्रसाद बस्याल, बिल गुरुङ्ग र भरत मल्ललेे पौरखी मार्फ मुलुकको आर्थिक तथा शैक्षिक क्रन्तिको विकाश र विस्तार गर्न सक्षम हुने बताउदै उच्च मनोवल, सकारात्मक सोच दृढ संकल्पका साथै लक्ष्य, योजना, कार्ययोजना अनि साहस र धर्ैयताका साथ अघि वढ्दै पौरखीको राष्ट्र भक्ति पर्ूण्ा अभियानमा डटेर लाग्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

यसै गरी कतारको करिब १४ बर्षो बर्साईलाई छोट्टाएर आफुुले सिकेको सीप र अनुुभब अब नितान्त पौरखीमा लागी प्रयोग गर्नको लागी मुुलुक र्फकदै गरेका कम्पनकिा मानव श्रोत व्यवस्थापन निर्देशक श्री कमल प्रसाद न्यौपानेलाइ पौरखीमा स्वागत एबं अभिनन्दन गरेका थिए । अभिनन्दन को क्रममा पौरखी ग्रुपका संस्थापक तथा आई सी.सी सदस्य श्री प्रज्ञान उदास, बिल गुुरुङ्ग, टि.बि कार्की, नरेश श्रेष्ठ र दर्ुगा बस्यालले दोसल्ला आर्ढाई न्यौपानेलाई अभिनन्दन गरेका थिए । सम्मानीत भएपछि न्यौपानेले कतारका पौरखीहरुको जोस र जा�गरले आफु हर्षबभोर तथा उत्साहित भएको र अब नेपालमा गएर कम्पनीको लागी अहोरात्र खटेर काम गर्ने प्रतिबद्धता पनि सबै पोरखी सामुु ब्यक्त गरेका थिए । कतारमा रहेका आङ्खना पौरखी मित्रहरुको बिश्वास प्रति कृतज्ञता प्रकट गर्दै उहा�ले भन्नुुभयो "पौरखी मित्रहरुको सपनालाई मैले आ नै सपना सम्झी हरपल पौरखीको हितमा नै काम गर्नेछुु" । स्वागत कार्यक्रमा स्वागत मन्तब्य प्रस्तुुत गदर्ेर्ेेतारका पौरखी संयोजक तथा बजार प्रबन्ध निर्देशक श्री प्रकाश श्रेष्ठले श्री कमल कमल प्रसाद न्यौपानेको खुुलेर चर्चा गर्दे उहा� अहिले सम्म पौरखीमा पार्ट र्टाईमको रुपमा काम गनर्ुर्ुुन्थ्यो भने अब फुुल र्टाईम पौरखीको हितमा नै काम गर्ने भनेर बिदाई नभई स्वागत कार्यक्रम आयोजना गरेको बताउनुुभयो । यसै गरी पौरखी ग्रुपका बिदेश बिभाग प्रमुख प्रताप ढुुङ्गाना, भरत मल्ल, भिम सारु, बिष्णुु लामीछानेले पनि स्वागतका मनोभाबका गहकिलो मन्तब्य राखेका थिए ।

पौरखी ग्रुपले आयोजना गरेको अन्तरक्रियात्मक तथा स्वागत कार्यक्रम रात्रीभोज सगसंग करिब ११ बजे सम्पन्न भएको थियो । रात्रीभोज गरेर पौरखी कमल प्रसाद न्यौपाने सिधै कतार्रर् इन्टरनेशनल एयरपोर्टतर्फलाग्नुुभएको थियो ।

नयाँ नेपालको नयाँ प्रदेश र राजधानी

प्रदेश र त्यसको राजधानी :

खप्तड प्रदेश ( राजधानी दीपायल–सिलगढी),

लुम्बिनी–अवध–थारूवान प्रदेश ( राजधानीः घोराही),

जडान प्रदेश (राजधानीः सिमीकोट),

कर्णाली प्रदेश (राजधानीः वीरेन्द्रनगर),

मगरात प्रदेश (राजधानीः तानसेन),

तमुवान प्रदेश (राजधानीः पोखरा),

नारायणी प्रदेश (राजधानीः भरतपुर),

ताम्सालिङ प्रदेश (राजधानीः चौतारा),

नेवाः प्रदेश (राजधानीः काठमाडौँ),

मिथिला–भोजपुरा–कोचिला प्रदेश (राजधानीः जनकपुर),

सुनकोसी प्रदेश (राजधानीः कमलामाई),

किराँत प्रदेश (राजधानीः त्रियुगा),

लिम्बुवान प्रदेश (राजधानीः इलाम)

सेर्पा प्रदेश (राजधानीः सोलु)

खाडी मुलुकमा कामदारको रुपमा आएका नेपाली महिलाहरुको अवस्था जोखिमपूर्ण एवं अति संवेदनशील-Riyadh Embassy

साउदी अरब लगायतका अन्य खाडी मुलुकहरुमा घरेलु कामदारको रुपमा रहँदै आएका नेपाली महिलाहरुको अवस्था जोखिमपूर्ण एवं अति संवेदनशील हुँदै गएकोले यस तर्फ सम्वन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउनका लागि नेपाली राजदूतावास साउदी अरेबियाले एक प्रेस विज्ञप्ति जारी गरेको छ ।  
 










आगालागीवाट बन सखाप

लमजुङ, माघ ३ गते । लमजुङ र मनाङको बीच भागमा पर्ने चिप्ला र तालको जंगलमा भीषण आगलागी भएको छ । आगालागीका कारण चिप्लाको जंगल र तालको सामुदायिक बनका अधिकांश भागहरु जलेर नष्ट भएकाछन् ।

उत्तरी लमजुङको घेर्मु गाउँ विकास समिति वडा नम्बर १, चिप्लाको जंगलवाट एकसाताअघि फैलिएको आगो तीनदिनदेखि मनाङको ताल सामुदायिक बनमा पनि फैलिएको छ ।

तालबजारवाट करीब एक घण्टाको उकालो चढेर ताल गाउँका करीब एकसय जना स्थानीयवासिन्दाल आगो निभाईरहेकाछन् । हिजोदेखि गाउँले र प्रहरी आगो निभाउन खटिएपनि नियन्त्रणमा आउन नसकेको स्थानीय ंसिंहबहादुर गुरुङले जानकारी दिनुभएको छ ।

आगालागीका कारण जंगलमा भएका बहुमुल्य जडिवुटी, बन पैदावार जलेर नष्ट भएकाछन् भने तालबजारलाई समेत जोखिममा पारेको छ । आगालागीवाट अहिलेसम्म भएको क्षतिको बारेमा जानकारी आउन सकेको छैन ।



श्रमिकको तलब बृद्धिका लागि दुतावासको निर्णय

 

कतारका लागि नेपाली नियोगले नयाँ बर्षको पहिलो दिनबाटै कार्यान्वयन हुने गरी नेपाली श्रमिक अदक्ष कामदार हरुको न्युनतम मासिक पारिश्रमिकको नयाँ सिमा तोकेको छ । बैदेशिक रोजगारीका सिलसिलामा कतारमा आउने नेपाली श्रमिकको न्युनतम मासिक पारिश्रमिकको सिमा यसअघि खानाखर्चसहित कतारी रियाल ६ सय रहेकोमा अव खानाखर्चसहित ८ सय कतारी रियाल हुनेछ । ६ सय रियाल नै मासिक पारिश्रमिक राख्न चाहेको खण्डमा पनि खानपिनको खर्च अनिवार्यरुपमा कम्पनी वा स्पोन्सरले नै उपलब्ध गराउनुपर्ने नयाँ निर्णयमा जनाइएको छ । १ जनवरीबाट लागु हुने सो नयाँ निर्णय अनुसार सम्बन्धित कम्पनी वा स्पोन्सरले ६ सय न्युनतम तलवमा अतिरिक्त २ सय रियाल खानाभत्ता वा खानपिनको खर्चमध्ये कुनै एक सुविधा उपलब्ध गराउनुपर्ने राजदुत डा। सुर्यनाथ मिश्रले राजधानीलाई बताए ।

राजदुत डा। मिश्रले अवको नयाँ नियमलाई कडाईका साथ कार्यान्वयनमा लगिने बताएका छन् । ुयसभन्दा पहिला लागु भएको थिएन अव १ जनवरीबाट अनिवार्य हुनेछु राजदुत डा। मिश्रको स्पष्टोक्ति थियो- ुअवदेखि सम्बन्धित कम्पनी वा स्पोन्सरले नेपाली दूतावासमा श्रमिकहरुको मागपत्र स्विकृत गर्दा नै सो नियमानुसार आउनुपर्नेछ ।ु

ुवैदेशिक रोजगारमा नेपालबाट आउँदा लागेको खर्च र कतारमा भएको खर्च हेर्दा श्रमीकलाई निकै गाह्रो पर्ने देखिएकोले यो निर्णयका लागि बाध्य भएका छौंु डा। मिश्रले भने- ुजनसंख्या बढाउने मात्रै ध्येय लिनुभन्दा क्रमिकरुपमा जीवनको गुणस्तर बृद्विका लागि ध्यान दिनु आवश्यक भएको छ ।ु कतारमा नेपालीहरुको मेहनत र इमानदारीतावारे सवैलाई जानकारी भइसकेको चर्चा गर्दै राजदुतले नेपाली कामदारलाई सम्बन्धित कम्पनी र स्पोन्सरहरुले रुचाउने भएकोले श्रमिकको न्युनतम मासिक तलवमा बृद्वि गराउने सो नयाँ निर्णयले सकारात्मक परिणाम दिने आशा ब्यक्त गरे । ुकामदारको माग घट्छ कि भनेर नकारात्मकरुपमा सोच्नु हुँदैनु डा। मिश्रको विश्वास थियो- ुसमस्या कम हुँदै गए भने नेपालीको मागमा अझै बृद्वि आउनसक्छ ।

श्रम र परराष्ट्र मन्त्रालय बैदेशिक रोजगार प्रवद्र्वन विभागमा पनि पत्राचार गरी सो नयाँ निर्णयकावारेमा जानकारी नियोगले गराइसकेको राजदुतले बताए । ुश्रमिकको कतार आगमन र वसाईको खर्चलाई मध्यनजर गर्दै हाल पाइआएको न्युनतम मासिक पारिश्रमिक अपुग देखिएकोलेु सो निर्णय गर्नुपरेको पत्रमा जनाइएको छ । राजदूत डा। मिश्रले पत्रमा नयाँ सिमाभन्दा घटीमा श्रम स्विकृत नदिन सिफारिस गरिएको बताए ।

पहिले नै कतार आइसकेका श्रमिक कामदारहरुको न्युनतम तलवसुविधाका वारेमा पनि राजदुतले सकारात्मक अपेक्षा लिएका छन् । ु१ जनवरी अघि प्रमाणित भइसकेका मागपत्रहरु अनुसार कतार आउने वा पहिले नै आइसकेका कामदारहरुका लागि पनि स्वभाविकरुपमा कम्पनीले मासिक पारिश्रमिक बृद्वि गर्ने आशा लिएको छु राजदुतले तर्क गरे- ुउनीहरु अनुभवी भइसकेका हुन्छन् । नयाँलाई दिने तलवभन्दा पुरानालाई कम गर्न नमिल्ने हुनाले स्वभाविकरुपले सम्बन्धित कम्पनीहरुले पुनर्विचार गर्नेछन् भन्ने आशा लिएका छौं ।

चन्द्रोदय उमाविको रकम लेखापालाद्वारा घोटला

लमजुङ, पुस १५ गते । उत्तरी लमजुङको बाहुनडाँडा गाउँ विकास समितिमा रहेको चन्द्रोदय उच्च माविकी लेखापाल सिता रेग्मी घिमिरेले चार लाख ५० हजार भन्दा बढी रकम हिनामिना गर्न खोजेको खुलासा भएको छ ।
लेखापाल रेग्मी तथा उनका श्रीमान लोकनाथ घिमिरेले लेखापरिक्षण प्रतिबेदनमा भए बमोजिम बैकको खातामा चार लाख चौसठ्ठी हजार ६ सय पैतालिस रुपैयाँ नभएको दावी गरे पछि बिद्यालयको रकम घोटला भएको खुलासा भएको हो । अर्चले गाउँमा रहेको प्राथामिक बिद्यालयका शिक्षक समेत रहेका लेखापाल रेग्मीका श्रीमान लोकनाथ घिमिरेले व्यवस्थापन समितिकै बैठक तथा गाउँका अगुवाहरुलाई बोलाएर चार लाख ६४ हजार ६ सय पैतालिस रुपैया� बैंक मौज्दात नभएको दावी गर्दै लेखा परिक्षण प्रतिबेदन सच्याउन माग गरेका छन् भने स्थानीयवासिन्दाले भने लेखा परिक्षण प्रतिबेदनमा बैंक रिपोर्ट बिपरितको रकम मौज्दात देखाएर जनतालाई झुक्याउन खोजेको भन्दै कुनै हालतमा प्रतिबेदन सच्याउन नसकिने अडान लिएका छन् ।

२०६६ मंसिर १६ गतेको निर्णय अनुसार तयार पारिएको लेखा परिक्षण प्रतिबेदनमा आम्दानी र खर्च ५४ लाख एक हजार पा�च सय १ रुपैया� व्यालेन्स देखाईएको छ । प्रतिवेदनमा विद्यालयका प्राचार्य रामचन्द्र न्यौपाने, लेखा परिक्षक र लेखापाल सिता घिमिरेको हस्ताक्षर छ । उनीहरुले हस्ताक्षर गरेको लेखा परिक्षण प्रतिबेदनमा राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर १ सय १२ मा चार लाख ५७ हजार ७ सय ७३ रुपैया� चौविस पैशा, खाता नम्बर १७ सय २३ मा १ लाख ४८ हजार ७ सय ५६ रुपैया� ५० पैशा, खाता नम्बर १७ सय ५४ मा बैंक बचत ४ हजार तीन सय १७ रुपैया�, वाल विकासको खाता नम्बर ११ हजार २ सय २० मा २१ हजार रुपैया� मौज्दात तथा लेखापालको जिम्मामा २५ हजार ५ सय ७४ रुपैया� पचास पैशा स्पष्ट रुपमा देखाईएको छ ।

स्थानीय अगुवा तथा राजनीतिक दलहरुले लेखा परिक्षक, प्राचार्य तथा स्वयंम लेखापालको हस्ताक्षर रहेको सो प्रतिबेदनले देखाए अनुसारनै बैंक मौज्दात हुनुपर्ने अडान राखेका छन् । एकीकृत नेकपा माओवादीले गरेको नेपाल बन्दका दिन पारेर कोही नभएको बेलामा लेखा परिक्षण गरिएको भन्दै स्थानीय सरोकारवालाहरुले आपत्ति प्रकट गरेका छन् । नेपाली कांग्रेस बाहुनडाँडा गाविस सचिव समेत रहेका लोकनाथ घिमिरेले विगत केही समय देखि सो विद्यालय आफ्नै मातहतमा राख्ने प्रयास गरिरहेका छन् भने सोही पार्टीका कार्यकर्ता सहित अन्य पार्टीहरु भने सहमतीय प्रणालिबाट अघि बढ्नुपर्ने भन्दै आएका छन् ।

विगत केही साता देखि सो विद्यालय व्यवस्थापन समिति विहीन रहदै आएको छ । विद्यालय व्यवस्थापन समिति नभएको फाईदा उठाएर लेखापाल रेग्मीले श्रीमान लोकनाथ घिमिरेको सहयोगमा सो रकम आफ्नो बनाउन खोजेको नेकपा एमाले र एकीकृत माओवादी बाहुनडाडाले दावी गरेको छ । यस विषयमा लोकनाथ घिमिरेले लेखा परीक्षण प्रतिवेदनमा लेखा परीक्षकले गल्ती गरेको वतानुभयो । गल्ती गरेका कारण लेखा परीक्षकले सच्याईएको प्रतिवेदन जिल्ला शिक्षा कार्यालय र संवन्धित निकायमा पर्ठाईसकेको घिमिरेको भनाई छ । घिमिरेले यसअघि तत्कालीन विद्यालयमा प्रधानाध्यापक घनकान्त घिमिरेले गरेको भ्रष्टाचारको रकमलाई नगद र आम्दानी छुट्टाछुट्टै ठाउँमा राखिएकाले यस्तो समस्या आएको जानकारी दिनुभयो । आफूलाई फसाउन यस्तो चालबाजी गरिएको भन्दै लोकनाथ घिमिरेले विद्यालयका सवै कागजातपत्रहरु घनकान्त घिमिरेले चोरेर लगेको आरोप लगाउनुभएको छ । उता विद्यालयका प्राचार्य रामचन्द्र न्यौपानेले यसवारे आफू अनविज्ञ रहेको र लेखा संवन्धि धेरै जानकारी पनि नभएकाले लेखा परीक्षण प्रतिवेदनमा हस्ताक्षर गरेको प्रतिक्रिया दिनुभयो । यसवारे लेखा परीक्षक संग सर्म्पर्क राख्दा सर्म्पर्क हुन सकेन ।

'पाँचौ सिउरुङ महोत्सव-२०६६'

लमजुङ, मंसिर २८ गते । लमजुङको पर्यटकीय ग्रामीण क्षेत्र सिउरुङ गाउँमा 'पाँचौ सिउरुङ महोत्सव-२०६६' सकिएको छ । स्थानीय कला संस्कृतिको संरक्षण र संबर्द्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु वस्तु साथै आन्तरिक तथा बाहृय पर्यटन प्रबर्द्धन गर्न साथै सिउरुङलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय चिनाउन महोत्वस आयोजना गरिएको हो ।
महोत्सवमा विभिन्न हस्तकलाका सामाग्रीहरुको प्रदर्शनीका साथै खाना महोत्सव, कृषि, जडिवुटी, चोयावाट निर्मित भकारी, डोको, स्याखू तथा चर्खा, झोला, पछ्यौरा लगायत उन र धागोवाट निर्मित सामाग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
गुरुङ कला तथा संस्कृति झल्कने घाँटू, सोरठी, कृष्णचरित्र, सारङ्गीनाच लगायत सांस्कृतिक झाँकीहरु साथै विशेष प्रकारको खाना महोत्सवको पनि महोत्सवमा आयोजना गरिएको थियो ।

महोत्सवमा करीब पाँचहजार दर्शकले अवलोकन गरेको महोत्सव मुल आयोजक समितिको दावी छ । मनास्लु हिमालको काखमा रहेको सिउरुङ गाउँमा हरेक वर्षमहोत्सवको आयोजना गर्दै आएको छ ।
तीनदिनसम्म संचालन भएको महोत्सवको पहिलो दिन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप अन्तरगत संरक्षण ब्यवस्थापन समिति खुदीको वाषिर्क उत्सव मनाईएको थियो । दोश्रो दिन महोत्सवको औपचारिक रुपमा उद्घाटन गरिएको थियो भने तेश्रो दिन स्थानीय लता कुन्ज निमाविमा स्थापना भएको पुस्तकालयको उद्घाटन समेत गरिएको थियो ।
लमजुङ सदरमुकाम वेसीशहरवाट करीब एक दिन लाग्ने सिउरुङमा नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति, खुदी गाउँ विकास समिति लगायतको सहयोगमा महोत्सवको आयोजना हुँदै आएको छ ।

कतारमा 'सपना हो की विपना' को प्रथम प्रदर्शन

 Gurung Girls


०३, डिसेम्बर, दोहा, कतार
तमू बौद्ध सेवा समिति कतारको सहयोगमा गुरुङ डिजिटल सेन्टर तनहु�को प्रथम प्रस्तुती तमु ( गुरुङ ) संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र 'सपना हो की विपना� को दोहामा प्रथम प्रदर्शन गर्‍यो ।

कतारमा २५ प्रतिशत र नेपालमा ७५ प्रतिशत छायांकन गरिएको 'सपना हो की विपना� चलचित्र मुस्लिम समुदायको महान पर्व ईद अल अधाको पहिलो दिनमा गल्फ सिनेमा हलमा दोश्रो दिनमा सि।सि। आई।सि। क्याम्प होम साईट र तेश्रो दिनमा पुनः गल्फ सिनेमा हलमा प्रिमियर तथा च्यारिटी शो गरिएको थियो ।

गैर आवासिय नेपाली संध अन्तराष्ट्रि समन्वय परिषदका उपाध्यक्ष सागर नेपाल, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत गुरुङ, गैर आवासिय नेपाली संध अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व सदस्य टि।बी। कार्की, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका प्रबन्ध सम्पादक आशिष शेरचन लगायत दोहाका सामाजिक संध संस्थाका प्रतिनिधीहरु र कतारस्थित नेपाली परिवारजनहरूले सो चलचित्र हेरेका थिए ।

विशेष गरी कतारका नेपालीहरुको कथा बस्तुको चित्रण तथा गुरुङ संस्कृतिमा आधारित चलचित्रको निर्देशन अमृत थापा, र दिपक उदासले गरेका छन् । चलचित्रमा भेष गुरुङ, सविना गुरुङ, भीम गुरुङ, पुजा गुरुङ, कुमार गुरुङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
चलचित्रका लागि गायक द्रोण जंग तमू, तिलक तमु, गायिका कुसुम तमू, शर्मिला तमूले स्वर दिएका छन् भने संगित भक्त लुङ्गगेलीको रहेको छ । चलचित्रको छायांकन माधव तमुले गरेका छन् भने गित रचना भेष तमु, लोक बहादुर तमु र टंक लिम्बुले गरेका छन् ।
�दोहाको प्रदर्शन पछि अब नेपालमा पनि छिट्टै नै यस चलचित्र प्रदर्शन गर्ने तयारमिा रहेको छ� - निर्माता द्धय भेष गुरुङ र कृष्ण गुरुङले बताउनु भयो - �यसरी नै चलचित्र हेरेर हामीलाई हौसला प्रदान गरि दियो भने दर्शकहरु समक्ष अर्को चलचित्र छिट्टै नै बजारमा ल्याउने प्रयास गर्नेछौं ।�

निर्माताहरुको प्रथम प्रयास भए पनि चलचित्र अति नै मनोरन्जनात्मक र शिक्षा प्रद भएकोले आफुले चलचित्र हेरे पश्चात भरपुर मनोरन्जन लिएको एक दर्शकले बताए ।



तारजडित लोलाहरु पडकँदा तीन र्घाईते - लमजुङ

 

आश गुरुङ 'प्रतीक'

लमजुङ, मंसिर १० गते । वेसीशहर-चामे सडक निर्माणका क्रममा नेपाली सेनाले यत्रतत्र फालेको बम र तारजडित लोलाहरु पड्कँदा लमजुङमा तीनजना सख्त र्घाईते भएकाछन् ।
आगो ताप्नाका लागि प्रयोग गरिएका लोलाहरु पडकँदा निर्माणाधिन अर्खलेवेसी-नाइँचे सडक निर्माणका लागि खटिएका तीनजना मजदुर र्घाईते भएका हुन् ।
बाहुनडाँडा गाउँ विकास समिति वडा नं. ६ नाइँचे गाउँमा भएको दुर्घटनामा परि सिन्धुपाल्चोक जिल्ला थाङपालढाप गाविस वडा नं. ८ का शंकर बमजन र काले तामाङ साथै सिन्धुपाल्चोक जिल्ला भोटे नाल्माङ गाविस वडा नं. १ का सुक्र तामाङ र्घाईते भएको प्रहरीले जनाएको छ । घटना हिजो भएपछि तत्काल सदरमुकाम वेसीशहर ल्याईएका उनीहरुको जिल्ला सामुदायिक अस्पतालमा उपचार हुन नसकी आज विहान काठमाडौँ रिफर गरिएको छ ।

कतारवासी तमूहरुको अधिवेशन डिसेम्बर १८ मा हुने


तमू समाज डटकम

नोभेम्बर ८, दोहा ।

गत नोभेम्बर ६ तारिख शुक्रवारका दिन कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन तमूको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको समाचार प्राप्त भएको छ । उक्त बैठकमा समितिका सल्लाहकारहरु बिलबहादुर तमू, अमृत तमू र राम तमूको समेत उपस्थिती रहेको कुरा समाचारमा जनाईएको छ ।

बैठकमा भएको निर्णय अनुसार समितिको साधारण सभा २००९ डिसेम्बर १८ मा हुने भएको छ । यस साधारण सभाबाट आगामी २ वर्षको लागि नयाँ कार्यसमितिको समेत चयन हुने छ । तेश्रो कार्य समितिको लागि आयोजना गरिने छैठौंं साधारण सभामा कतारवासी तमूहरुलाई बढी से बढी सहभागि गराउन समितिले सम्पूर्ण तमू दाजु भाई तथा दिदी बहिनीहरुलाई आग्रह पनि गरेको छ ।

यसका साथै समितिले तमूहरुको महान पर्व ल्होछार सन् २०१० जनवरी १, तारिखका दिन भब्य रुपमा मनाउने भएको छ । यस वर्षको तो ल्होछार पर्व भव्य रुपमा मनाउन अध्यक्ष जगन तमूको संयोजकत्वमा "तो ल्होछार मिलन समारोह समिति २०६६" गठन गरेको छ । यस समितिको सदस्यसचिवको जिम्मेवारी महासचिव कृष्ण तमूलाई दिइएको छ । ल्होछार पर्वलाई विभिन्न सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा मनाउनको लागि सांस्कतिक कार्यक्रम संयोजनको जिम्मेवारी तमू साँस्कृतिक परिवार कतारका अध्यक्ष बिमल तमूलाई दिईएको छ ।

वश्वभरिका मुस्लिमहरुको महान पर्व बक्र ईदमा प्रथम पि्रमियर सो हुन गई रहेको नेपाली कथानक चलचित्र "सपना हो की विपना" मा समितिले सक्रिय सहयोग गर्ने निर्णय गरेको छ । समितिका महासचिव कृष्ण तमू तथा सदस्य भेष तमूद्वारा निर्माण गरिएको तमू संस्कृतिमा आधारित उक्त चलचित्रमा नेपालका र कतारका स्थानिय नेपाली कलाकारहरुको अभिनय रहेको छ । यस वक्र ईदको पहिलो र तेश्रो दिन दोहा सिनेमा हलमा उक्त चलचित्र प्रदर्शन गरिने छ भने दोश्रो दिन होमसाईडमा प्रदर्शन गरिने कुरा निर्माता तथा कलाकार भेष तमूले बताउनु भएको छ ।

नेपाल अधिराज्य भरीमा तमू भाषा पठन पाठन हुने एक मात्र विद्यालय देवदह मदर टङ्गस एकेडेमी, रुपन्देही सम्बन्धि बृत्तचित्रको २ वटा भि.सी.डी.लाई कतारवासी तमूहरु विच प्रदर्शन गर्ने र तमू पहिचान बोकेको उक्त विद्यालयलाई सक्दो सहयोग गर्ने निर्णय समेत गरिएको छ ।

नमूना अस्पताल - लमजुङ जिल्ला सामुदायिक अस्पताल

आश गुरुङ 'प्रतीक'/लमजुङ

Member of Lamjung Hospital


 

करीब ३५ वर्षेखि पाठेघरको समस्यावाट छट्पटिरहेकी ६५ बषिर्या भोटी नेपाली होस् या मधुमेह र छारे रोगवाट ग्रसित ३३ बषिर्य गोपाल नेपालीलाई किन नहोस्, लमजुङ जिल्ला अस्पतालले पुनर्जन्म दियो ।
Bhoti Nepaliउनीहरु त उदाहरणमात्रै हुन्, वर्षौँदेखि रोगब्याधी पालेर बसेका कतिपय गरीब, अति गरीब, असाहय तथा अपांग साथै जेष्ठ नगारिकलाई जीवनदान दिएको छ, लमजुङ जिल्ला सामुदायिक अस्पतालले । रोगब्याधीका धेरै समस्याहरु लिएर ग्रामीण तथा विकट क्षेत्रवाट आएका हुन्छन्, असाहय, गरीब, आपंग तथा बृद्धबृद्धा । उनीहरुलाई अस्पतालले निःशुल्क उपचार गराएपछि खुसीको सीमा छैन उनीहरुमा ।




लमजुङ जिल्लाको एकमात्र जिल्ला सामुदायिक अस्पताल लमजुङवासीका लागि अहिले बरदान सावित भएको छ । अस्पतालमा श्रोतसाधन नपुगेमात्र 'रिफर' गरिन्छ, नत्र आर्थिक अभावमा कोही पनि र्फकनुपर्दैन ।
लमजुङवासीका लागि नयाँ जीवन दिने आधार बनेको यो अस्पतालमा सदाबहार र्सवसाधारणको भीड हुन्छ । अस्पतालको एक तथ्याङ्क अनुसार आर्थिक बर्ष२०६५/०६६ मा दुर्इहजार नौसय २९ जना बिरामीले निशुल्क उपचार सेवा लिएकाछन् । यतिका संख्यामा निशुल्क उपचार गराउँदा ३३ लाख ३८ हजार १ सय १९ रुपैया खर्च भएको अस्पतालका निर्देशक धर्मराज गोर्साईले वताए । अस्पतालमा यतिका रकम खर्च भएपनि सरकारले २७ लाख ६३ हजार रुपैया मात्र उपलब्ध गराएको थियो ।
सरकारले अति गरीब, गरिब, जेष्ठ नागरिक, महिला स्वयमसेविका र अपाङलाई निशुल्क उपचार गर्ने नीति ल्याए पछि सामुदायिक अस्पतालमा निशुल्क उपचार गर्ने विरामीको चाप बढ्दै गएको हो । गत बर्षो साउनमा ६५ जना, भादौमा ८९, असोजमा ५६, कार्तिकमा ८३, मंसिरमा ६८, पुसमा ७१, माघमा १ सय १०, फागुनमा १ सय ७९, चैतमा २ सय १९, बैशाखमा ४ सय ८७, जेठमा छ सय ९६ र असारमा ८ सय छ जनाले निशुल्क उपचार सेवा लिएका थिए । आर्थिक बर्ष२०६४/०६५ मा भने निशुल्क उपचारमा करिब नौ लाख रुपैया मात्र खर्च भएको थियो ।


wold man and womanलमजुङ सामुदायिक अस्पतालमा गत बर्षकुल ४८ हजार चारसय ७९ जनाले उपचार गरेका थिए । अस्पतालमा उपचार गर्न आउनेमा लमजुङका सबैभन्दा बढी ४६ हजार ६६, छिमेकी जिल्ला तनहुँका एक हजार पाँचसय ७९, गोरखाका चारसय ४६, मनाङका एकसय ३६ र अन्य जिल्लाका दुर्इसय ५२ जनाले उपचार सेवा लिएका थिए । अस्पतालमा दैनिक निशुल्क उपचार गर्नेको संख्या बढदै गएपछि अस्पताले स्वास्थ्य मन्त्रालयसंग सुबिधा थप्न माग गरेको छ । अन्य जिल्ला अस्पताललाई दिने सबै प्रकारका सुबिधा सामुदायिक अस्पताललाई समेत दिन अस्पतालले माग गरेको छ ।


काठमाडौँको बीरअस्पताल, पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका गेटहरुमा उपचार नपाएर जीवन र मरणको दोसाँधमा र्सवसाधारण छट्पटिरहेका हुन्छन् । हुनेखाने तथा पहुँचवालाले मात्र निःशुल्क उपचार पाएजस्तो लमजुङ जिल्ला अस्पतालमा छैन । विरामी आएर टिकट काटेपछि डाक्टरकहाँ पठाउँछन् । जाँच गरिसकेपछि अस्पताल ब्यवस्थापन र प्रशासनले गरीब, अपांग साथै बृद्धबृद्धा पहिचान गरि उनीहरुलाई सेवा सुविधा प्रदान गर्छन् । नागरिकताको फोटोकपीको आधारमा निःशुल्क उपचार पाएपछि उनीहरु मख्ख पर्छन् ।
५० शैयाको जिल्ला सामुदायिक अस्पतालमा अन्तरङ्क र बहिरङ्क सेवासगै भिडियो एक्सरे, इसिजी, इन्डोस्कोपी, आँखा उपचार, प्रसुति, एचआईभी/एड्स परामर्श, साना ठूला शल्याक्रिया तथा चौविसै घण्टा आकस्मिक सेवा लगायत उपलब्ध छ ।
२०३२ सालमा जिल्ला अस्पतालको रुपमा स्थापना भएको यो अस्पताल सरकारको प्रभावकारी स्वास्थ्य नीति नहुँदा सेवा सुविधा खस्केको थियो । स्थानीयवासिन्दाको चर्को आलोचना खेपिरहेको यो अस्पताल २०५८ मा समुदायलाई हस्तान्तरण गरिएपछि केहीसम्म त्यो समस्या टर्‍यो नै तर, सवैको पहुँच भने पुगेन । २०५८ सालमा नेपाल सरकारको पब्लिक प्रार्इभेट पार्टनरशीप नीति अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मानव विकास तथा सामुदायिक सेवा र लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौता अनुसार पाँच बर्षसंचालन गरिएको यो अस्पताल पुनः पाँचवर्षा लागि संचालनमा आएपछि स्थानीयवासिन्दालाई 'ढुङ्गा खोज्दा देउता' मिलेझैँ भएको छ ।


मानव विकास तथा सामुदायिक सेवा र नेपाल सरकार स्वास्थ्य मन्त्रायलबीच भएको सहमतिवाट संचालनमा ल्याईएपछि ब्यवस्थापन पक्ष र प्रशासकीय पक्षमा दक्षता हासिल गरेका कर्मचारीहरुको उपस्थिति छ । अस्पतालमा अहिले चारजना डाक्टर, ७ जना स्टार्फनर्स, Lamjung hospital११ जना अनमी, आठजना प्यारामेडिक लगायत प्रशासनमा गरि ६१ जना कर्मचारी छन् ।
अस्पतालका कर्मचारीहरु र्सवसाधारणको स्वास्थ्यप्रति निकै संवेदनशील छन् । आफ्नो स्वास्थ्यको पनि ख्याल नराखि दैनिक र्सवसाधारणको स्वास्थ्यप्रति चासो दिएर उनीहरुको सेवामा समर्पित हुने प्रायः कमै हुन्छन् तर, यसको उदाहरण लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रष्ट देख्न सकिन्छ । र्'कर्मचारीहरुलाई अहिले भ्याईनभ्याई छ' जनसर्म्पर्क अधिकृत दशरथ धिताले भने, 'खाने समय त छाडौँ, चिया खाने फुर्सद समेत हुँदैन ।' ५० शैय्याको अस्पतालमा दैनिक दुर्इसय ५० भन्दा बढी विरामी आउने गर्छन् ।


झण्डै ३२ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालको सात रोपनी जग्गा जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्नो भवन निर्माणका लागि प्रयोग गरेको छ । लमजुङ जिल्ला अस्पताल कुनै प्रार्इभेट अस्पताल झैँ देखिन्छ झट्ट हर्ेदा । प्रार्इभेट झैँ सेवा र सुविधा पनि छ । तर, प्रार्इभेटले झैँ पैसा भने असुल्दैन ।
समुदायसँगको सहकार्यमा विभिन्न दातृनिकायको आर्थिक तथा भौतिक सहयोगबाट निर्माण भएको अस्पताल अहिले ८० प्रतिशत आन्तरिक स्रोतबाट संचालन भईरहेको अस्पतालका प्रशासकीय अधिकृत शंकर देवकोटाले वताए । सन् २००५ मा विश्व बैंकको नेपालस्थित कार्यालयले नेपालका विभिन्न ३० वटा अस्पतालहरुको मुल्याङ्कन गर्दा जिल्लास्तरीय अस्पतालमा लमजुङ सामुदायिक अस्पताल सवैभन्दा नमुना योग्य र उत्कृष्ट रेहेको प्रतिवेदन र्सार्वजनिक गरेको देवकोटाकोin Lamjung hospital भनाई छ ।


लमजुङ जिल्ला सामुदायिक अस्पतालले स्वास्थ्य सेवालाई ग्रामीण भेगसम्म पुर्‍याउनका लागि विभिन्न स्वास्थ्य शिबिरको पनि आयोजना गर्दै आएको छ । अस्पतालले अघिल्लो बर्ष२०६५र०६६ मा लमजुङका गिलुङ, भारते, सिउरुङ, खुदी र जीतामा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गराएको छ । यस आर्थिक वर्षपनि पाँचवटा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने तयारीमा रहेको अस्पतालका निर्देशक धर्मराज गोर्साईँले वताएकाछन् । निशुल्क स्वास्थ्य शिबिर समुदाय, आमा समूह, गाउँ विकास समिति, स्थानिय संघसंस्थाहरु र जिल्ला जनस्वास्थ्य कार्यालय मिलेर गर्ने गरिएको छ । यसरी गर्दा आपसी सम्बन्ध र सञ्जालको विकास भएको गोसाइँको भनाई छ । लमजुङ जिल्ला सामुदायिक अस्पताललाई राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरुको पनि नैतिक सहयोग छ ।


पछिल्लोपटक लमजुङ जिल्ला सामुदायिक अस्पताल पर्यटकीय अस्पतालको रुपमा पनि परिचित छ । 'अस्पताललाई पर्यटकीय अस्पताल समेत बनाउन सकिन्छ' पूर्व पर्यटनमन्त्री समेत रहेका संविधान सभासदस्य पृथ्वीसुब्बा गुरुङ भन्छन्, र्'पर्यटकीय क्षेत्रमा हुनुपर्ने सवै गुण लमजुङ जिल्ला समुदायिक अस्पतालमा छ ।' पछिल्लोपटक स्वदेशी तथा विदेशी पर्यटकहरु अस्पताल हेर्ने भन्दै ओईरो लाग्नु यसको उदाहरण हो । यसलाई अस्पताल प्रशासनले पनि सकरात्मक रुपमा लिएकाछन् ।

तस्वीरः लेखक
आश गुरुङ 'प्रतीक'/लमजुङ
lamjungnews@gmail.com

कतारमा दिदीबहिनीहरुले टिकाको दिन भाइटिका लगाउन नपाए पनि शुक्रवार विदाको दिनमा भाइटिका लगाए

जहाँ र जुन सुकै अवस्थामा रहेपनि नेपाली कला र सस्कृतीलाई भुलेका हुदैनन भन्ने उदाहरण गत शुक्रबार दोहामा कार्यरत एक क्लिनक कम्पनीका दिदीवनिहरुले प्रमाणीत गरे । छुट्टि नमिलेर भनौ वा कामको ब्यस्तताले गर्दा टिकाको दिन भाइटिका लगाउन नपाए पनि उनिहरुले शुक्रवार विदाको दिनमा भाईहरु र आफन्तलाई बोलाएर सगुन दिएर एकआपसमा माया साटासाट गरेर रमाइलो गरे । दिदीभाई र दाजुवहिनी विचको रगतको नातालाई प्रगाढ पारे । १ सय २० भन्दा बढि नेपाली दिदीवहिनीहरु रहेको उक्त क्याम्पमा भाईटिकाको दिन आफ्नै भाई हुनेहरुको लागि भने कम्पनीले टिका लगाउनलाई गेटमा नै थोरै समय दिएको कुरा उक्त क्यामकी  क्याम्प इन्चार्ज सावित्री गिरीले बताइन । आफ्नै हातबाट उनिहरुले विभिन्न नेपाली परिकारहरु सेलरोटिआलुको अचारपुलौमासुमिठाई र फलफुलहरु बनाएर ल्याएका थिए । आफ्नो दाजुभाई र आफन्तको लागि मन पर्ने चिजहरु आफ्नै  इच्छाले बनाएर ल्याएको हुँ उक्त क्याम्पमा काम गर्ने सानु याख्खाले बताईन । यसो त काभ्रेकी इन्दिरा कुईकेल टिकाको दिननै भाइटिका लगाए पनि आफन्त र साथीहरुसंग रमाइला गर्नको लागि आएको कुरा जानकारी दिईन । उक्त दिन कर्नेस एरिमा मा पुरै नेपाली दिदीवहिनीहरु र दाजुभाईहरुको मेला नै लागेको थियो ।  उनिहरुले एकआपसमा दुःख सुख साटासाट गरे । हप्ता दिनभरीको दुःखलाई भुलेर हाँसो र उमंगका साथ भाईहरुसंग रमाइ रमाई  खुवाए र खाए भने अन्य मुलुकका मानिसहरुले रोचक मानी मानी हेरेका थिए ।

पोखरामा तमू भाषामा लोक दोहोरी प्रतियोगिता हुने

 

२८ असोज, पोखरा

दुध पोखरी तमू समाजले रजत वर्ष प्रवेश गरेको अवसरमा समाजका भू.पू. सैनिक सरोकार उभोक्त समितिद्धारा यहि मंसीर २५ गते पोखरामा तमू भाषामा लोक दोहोरी प्रतियोगिताको आयोजना गर्ने भएको छ । आज पोखरामा पत्रकार सम्मेलन गरि उक्त कुराको जानाकारी गराईएको हो ।

पोखरा सभागृहमा हुने सो प्रतियोगितामा प्रथम ,द्धितिय, तृतिय र सान्त्वाना हुनेले क्रमश रु.पाँच हजार, चार हजार, तीन हजार, दुई हजार नगद र प्रमाण पत्र साथै मायाको चिनो प्राप्त गर्न छन् भने उत्कृष्ट भेषभूषालाई पनि रु. एकहजार पुरस्कार प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

"हाम्रो अभियान स्रष्टा र तमू भाषा संस्कृतिको संरक्षण" भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता हुन लागिएको हो प्रतियोगितामा सहभागि हुनको लागि सबै गीतहरु तमू भाषामा हुनु पर्ने, अनिवार्य रुपमा तमू पोशाकमा उपस्थिति हुनु पर्ने र सबैले तमू भाषामा नै कुराकानी गर्नुपर्ने नियम समेत आयोजकले तय गरेको छ । चर्चित तमू कलकारहरु शर्मिला तमू ,कृष्ण तमू लगायतका अन्य कलकारहरुको कार्यक्रममा उपस्थिति रहने छ ।

कार्यक्रमको शुरुदेखि अन्तसम्म तमू भाषामा नै सञ्चालन गर्नका लागि पोखराका स्थानिय एफ।एम रेडियोहरुमा तमू भाषाको कार्यक्रम सञ्चालन गर्ने र समाचार वाचन गर्न तमू सञ्चारकर्मीहरु रेडियो गण्डकीका रोशनी तमु सरस्वती तमू, शान्ति तमू, शिला तमू, इन्द्र तमू, लिना तमू, सपना तमू, रिता तमू, तेज बहादुर तमू र लक्ष्मी तमूले सामुहिक रुपमा कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

कार्यक्रम सम्पन्न गर्न अनुमानित १ लाख ६० हजार खर्च लाग्ने र कुल ७ लाख आम्दानी गर्न लक्ष्य आयोजकले लिएको छ । आम्दानीको १५ प्रतिशत पोखरा विरौटमा रहेको तमू हृयुल चोकको निर्मणमा लागनि गर्ने आयोजक समितिका संयोजक सु।जसबहादुर तमूले जानाकारी दिएका छन ।

नालसभा लमजुङ, घोषणा पत्र २०६६

नालसभा लमजुङ, घोषणा पत्र २०६६

लगभग छ सय वर्ष अघिदेखि गुरुङहरुले संचालन गर्दै आईरहेको नाल सभा ५८ वर्ष पछि लमजुङ स्थित बेशिशहरमा यहि २०६६ अशोज २५, २६ र २७ गते सम्पन्न भएको छ । गाँउघरका सानातिना झै�झगडा, मुद्धामामिला गाँउका नाइके �क्रब�को रोहवरमा भद्रभलाद्मी बसेर मिलाउने, गाँउमा मिलाउन नसकेका विशेष प्रकृतिका मुद्धाहरु, एक गाँउदेखि अर्को गाँउसँग सम्वन्धित लेक, गोठ, खर्चरी, निगाला पुवा, भिर मह र मौरीको मुद्धा, जातभात सम्वन्धी मुद्धाहरुको बृहत छलफल गरी अन्तिम निर्णय गर्ने अधिकार नालसभालाई थियो । नालसभा न्यायालयतर्फको सर्वोच्च निकाय भएको हुनाले हरेक खालका गंभिर मुद्धाहरुको छिनोफानो हुने महत्वपूर्ण थलो थियो । उक्त नाल सभा स्वशासित र स्वतन्त्र संयन्त्र थियो । त्यहि परम्परालाई समयनाकूल आवश्यक परिमार्जन गर्दै तिन दिने बृहत छलफल बहस पश्चात तमू जातिको जातीय राजनैतिक, भाषिक, धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक तथा न्यायिक अधिकार सुनिश्चित गर्न २१ बुंदे लमजुङ घोषणा पत्र २०६६ जारी गरिएको छ ।

१. यो सभा आगामी दिनमा पनि समयसापेक्ष ढङ्गबाट तमूहरुको सामाजिक, साँस्कृतिक, राजनैतिक, धार्मिक, भाषिक, न्यायिक आदि विषयहरुमा छलफल गर्ने थलोको रुपमा नाल सभालाई विकास गर्न पहल गर्ने घोषणा गर्दछ ।
२. यो सभा नयाँ नेपालको भावी संविधानलाई समावेशी बनाउन संविधानमा तमू लगायत नेपालका सम्पुर्ण आदवासी जनजातिहरुको सामाजिक, साँस्कृतिक, भाषिक, धार्मिक, आर्थिक तथा राजनीतिक हक अधिकार सुनिश्चित गर्न माग गर्दछ ।
३. यो सभा तमूहरुले उठाई आएको आत्मनिर्णयको अधिकार र जातीय स्वशासन सहितको स्वायत्त तमू ह्यूल (गुरुङ राज्य)�तमूवान राज्य स्थापना गर्न जोडदार माग गर्दछ ।
४. तमू ह्यूल (गुरुङ राज्य)�तमूवान राज्यको भौगोलिक सिमाना कालीगण्डकी र बुढीगण्डकी विचको भू�भागहरु कायम गर्न यो सभा जोडदार माग गर्दछ ।
५. यो सभा सरकारले पारित गरेको अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं १६९ र सरकारले अनुमोदन गरेको संयुक्त राष्ट्रसंघको आदिवासी जनजातिको अधिकार सम्बन्धि घोषणा पत्र लागु गर्न राज्यसँग जोडदार माग गर्दछ ।
६. यो सभा आदिवासी जनजातिहरुको जल, जमिन र जंगल तथा अन्य प्राकृतिक सम्पदा माथिको अग्राधिकार पुनस्र्थापित गर्न माग गर्दछ ।
७. यो सभा धर्मनिरिपेक्ष राज्यको भावना र मर्म अनुरुप तमुहरुले परम्परादेखि अपनाई आएका बिभिन्न धर्म, संस्कार संस्कृतिको विकास, संरक्षण र सम्बद्र्धन गर्दै, तमू समुदायले परापुर्वकाल देखि मानीआएका चाडपर्वहरुका बारेमा अगामि दिनमा आवश्यक छलफल र बहस गर्दै लैजाने पहल गर्ने घोषणा गर्दछ । साथै धर्म निरपेक्ष राज्यको सिद्धान्त, भावना र मर्मसँग बाझिने राज्यका सबै खाले ऐन कानुनहरु खारेज गर्न जोडदार माग गर्दछ ।
८. यो सभा जनजातिहरुको लागि मातृ भाषामा शिक्षा पाउने अधिकारलाई मौलिक अधिकारको रुपमा स्थापित गर्न र तमू भाषाको बिकाश गर्न राज्यबाट सबै प्रकारका सहयोग उपलब्ध गराउन जोडदार माग गर्दछ ।
९. यो सभा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा स्थापित भूगोलविद्ध डा. हर्क गुरुङलाई राष्ट्रिय विभुति घोषाण गर्न माग गर्दछ ।
१०. सुपति, सुकदेव, झागल गुरुङ आदि जस्ता देश र जनताका लागि आफ्नो जीवन दिने तमू समुदायका अग्रणी व्यक्तित्वहरुलाई शहिद घोषणा गरी राज्यबाट उचित सम्मान गर्न यो सभा जोडदार माग गर्दछ ।
११. तमू पुरोहितहरु वीचको कार्यगत एकरुपता ल्याउने कार्यमा यो सभा तत्काल पहल गर्दछ । साथै तमू पुरोहितहरु पच्यू, क्लेप्री र लामाहरुको संरक्षण, सम्वद्र्धन र बिकासका लागि आवश्यक कार्य योजना बनाउने घोषणा गर्दछ ।
१२. यो सभा तमू जातिको भाषामा एकरुपता ल्याउनको लागि सबै भूगोलको (क्षेत्र) प्रतिनिधित्व हुने गरी तत्काल बृहत तमू भाषा व्याकरण तथा शव्दकोष निर्माण गर्ने घोषणा गर्दछ ।
१३. राज्यको सवै अंगहरुमा जातीय जनसंख्याको आधारमा समानुपातिक र समावेशी सहभागीताको ग्यारेन्टी गर्दै तमू ह्यूल (गुरुङ राज्य)�तमूवान राज्यमा तमू (गुरुङ) समुदायलाई राजनीतिक अग्राधिकारको सुनिश्चितता गर्न यो सभा जोडदार माग गर्दछ ।
१४. अति हिन्दुवादी शासन व्यवस्थाको आडमा तमू ह्यूल (गुरुङ राज्य)�तमूवान राज्यको तमू भाषामा नामाङ्कन गरिएका गाउँ, ठाउँ, डाँडा, पाखाहरुको नाम खसकरण गरिएकोले पुनः तमू भाषामा नै नामाङ्कित गर्न सक्ने अधिकार संविधानमै सुनिश्चित गर्न यो सभा माग गर्दछ ।
१५. यो सभा तमूहरुको प्ये ता ल्हु ता (संस्कार, संस्कृति) मा आधारित विभेदरहीत पाठ्यक्रम विकास गरी ऐच्छिक रुपमा प्राथमिक तहदेखि उच्च शिक्षा सम्म मातृ भाषामा शिक्षा लिन पाउने मौलिक अधिकारको ग्यारेण्टी गर्दै वहुभाषिक विश्वविद्यालय स्थापना गर्न जोडदार माग गर्दछ ।
१६. तमू ह्यूल (गुरुङ राज्य) तमूवान राज्यमा ��स्वशासन भित्र स्वशासन� को नीति अन्र्तगत बिभिन्न आदिवासी जनजाति लगाएत अन्य जातजातिहरुको अधिकार संविधानमै सुनिश्चित गर्न यो सभा प्रतिवद्धता जाहेर गर्दछ ।
१७. यो सभा तमू ह्यूल (गुरुङ राज्य)�तमूवान राज्यका तमूहरुको भाषालाई सरकारी (सरकारी कार्यालय, सञ्चारमाध्यम र अदालत) कामकाजको भाषाको रुपमा प्रयोग गर्ने पूर्ण अधिकार प्रदान गर्दै राज्यमा वहु�भाषिक नीति लागू गर्न जोडदार माग गर्दछ ।
१८. यो सभा तमू समूदायको आदिम ज्ञान, शिप, परम्परागत प्रथाजन्य कानुन आदिलाई संविधानमै सम्मान गर्न जोडदार माग गर्दछ ।
१९. यो सभा तमू ह्यूल (गुरुङ राज्य)�तमूवान राज्यमा सञ्चालन गरिने सरकारी तथा गैरसरकारी स्तरका परियोजनाहरुको तमू समुदायसँग पूर्व स्विकृति लिएर मात्र सञ्चालन गर्ने व्यवस्था गर्न माग गर्दछ ।
२०. यो सभा तमू जातिको सभ्यताको उद्गम थलो क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न राज्यले पहल गरोस् भन्ने जोडदार माग गर्दछ ।
२१. यो सभा तमू समुदायको कला, सँस्कृति, भाषा, भेषभुषा, रितिरिवाज, प्रचलित चालचलन तथा ऐतिहासिक महत्वका विषयलाई संरक्षण, सम्वद्र्धन र बिकासका लागि राज्यसँग छुट्टै प्रतिष्ठान स्थापना गर्न जोडदार माग गर्दछ ।

बेशिशहर, लमजुङ
२०६६ असोज २७ गते मंगलबार

५९ वर्षछि देशभरका गुरुङहरु उद्गमस्थलमा

५९ वर्षछि देशभरका गुरुङहरु उद्गमस्थलमा

आश गुरुङ 'प्रतीक'

लमजुङ, असोज २६ गते ।
देशभरका गुरुङहरु यतिवेला उद्गमस्थल लमजुङमा भेला भएकाछन् । करीब ५९ वर्षछि लमजुङमा भेट्न पाउँदा उनीहरुमा छुट्टै रौनक छ ।
गुरुङ जातिको बाहुल्यता भएको लमजुङमा देशभरका गुरुङ विज्ञ तथा युवायुवतीहरु एकैठाउँमा जम्मा भएपछि वेसीशहरको मुहार नै फेरिएको छ ।


तीनदिनसम्म संचालन हुने गुरुङहरुको सर्वोच्च निकाय 'नालसभा' कार्यक्रममा भाग लिन देशभरका गुरुङहरु लमजुङ आएका हुन् । एउटै थलोमा बसेर देशभरका गुरुङहरुले आफ्नो परम्परा अनुरुपको रीतिथिति निर्माण, धर्मसंस्कृति बचाउ, आफ्नो गाउँमा कानुन, साथै नयाँ बन्ने संविधानमा गुरुङहरुको रायसुझाव संकलन साथै निर्माण गरेकाछन् ।


तमु हृयुल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद्, नालसभा मुल आयोजक समितिले आयोजना गरेको 'नाल सभामा' भाग लिन लमजुङ भित्रका दशथर, नौथर, चौथर, बाह्रथर, पाँचगाउँ लगायत आठ, कास्कीका छगाउँ र देशभर छरिएर रहेका गुरुङहरु सहभागी छन । मंगलबार सम्म जारी रहने 'नालसभा' ले नयाँ बन्ने संविधानमा गुरुङहरुको हक, अधिकार र पहिचान सम्बन्धी महत्वपूर्ण सुझाव दिने छ । छलफलका लागि प्राध्यपक तथार् इतिहासकार डाक्टर जगमान गुरुङ र गुरुङ पुरोहित पैँडी इन्द्रबहादुर गुरुङले तयार गरेको प्रस्तावित कानून पेश गरिएको छ ।


तमु हृयुल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष गणेशमान गुरुङले उद्घाटन गर्नुभएको कार्यक्रममा गुरुङहरु दलीय राजनीतिवाट माथि उठ्न सकेमा मात्र हक र अधिकारको शुनिश्चिता गर्नसक्ने वताएकाछन् । नाल सभा आयोजक समितिका संयोजक प्रेम घलेको अध्यक्षतामा भईरहेको कार्यक्रममा पर्ूवमन्त्री पृथ्वी सुब्बा गुरुङ, सभासदहरु बुद्धिराम तमु, राजकाजी तमु, अमर तमु, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शर्ेपा, पर्ूव प्रहरी महानिरीक्षक हेम बहादुर गुरुङ, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ लगायत देशैभरका गुरुङहरु सहभागिछन् ।
२००७ साल यता गुरुङहरुको 'नालसभा' हुन सकेको थिएन । पहिलो शाहबंशीय राजा यशोब्रम्ह शाहको पालासम्म हरेक वर्षचार नालको सभा गरिँदै आएको र विस्तारै नौ नालको सभा गरिँदै आईरहेको वेला २००७ सालमा भएको क्रान्तिको नाउँमा सबै नालसभा खारेज गरिएकाले आफ्नो हक र अधिकार खोसिएको ठहर गर्दै नालसभा आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक प्रेम घलेले जानकारी दिए ।


गुरुङ पैँडी एवं इतिहासकार इन्द्रबहादुर गुरुङका अनुसार कास्की र लमजुङका गुरुङहरुले वि.सं. १५५० अगाडिदेखि आफ्नो छुट्टै सभा बसेर नीतिनियमको निमार्ण गर्दै आएका थिए । १५५० सालतिर क्रब -मुखिया), वि.सं.१८८४ सालदेखि अलामी र वि.सं २००८ साल देखि यता द्धारे बसेर गुरुङहरुको सामाजिक कामकाज, धर्मसंस्कृति, रीतिरिवाज, नियमकानुन बनाउनुका साथै सरकारी कामकारबाहीको एकरुपताले पालना गर्दै आएका छन ।

अन्जु घिसिङ यो वर्षको ट्यालेण्ट हण्ट विनर

अन्जु घिसिङ यो वर्षको ट्यालेण्ट हण्ट विनर

talent_hunt_09-सुरुमा ९ जनाले भाग लिने भनिएको मिस ट्यालेण्ट हण्ट २००९ मा ८ प्रतिस्पर्धिहरुले भाग लिएका थिए । धरानकी रेचल गीरी अचानक बिमारी हुँदा सहभागी हुन नसकेको उदघोषक देवराज राईले जानकारी गराएका थिए । हेनरी जि  ल्यङ्ग कम्युनिटी सेण्टरमा हिजो ४ अक्टोवरको साँझ सम्पन्न २००९ ट्यालेण्ट हण्ट प्रतियोगितामा काठमाण्डौँकी अञ्जु घिसिङ यो वर्ष विनर भएकी छिन् भने फर्स्ट रनरअप पोखराकी संगीता गुरुङ र सेकेण्ड रनर अप धरानकी मन्जिला राई घोषित भएकी छिन् । संयोगवस जनजाति बाहुल्यको ३ शहरहरुले यो बर्ष ट्यालेण्ट हण्ट उपाधि भाग लागि गरेको छन् । त्यसैगरी दर्शक दीर्घाबाट र्सवाधिक मत धरानकी युक्ता लिम्बुले पाएकी छिन् । talent_hunt09_group
टाईटल अवार्डहरुमा बेस्ट ड्रेस कन्टेस्ट नं ७ मन्जिला राई, फोटो जेनिक कन्टेस्ट नम्बर ४ रोजिना गुरुङ, मिस पर्सन्यालिटी कन्न्टेस्ट नम्बर ५ संगीता गुरुङ, बेस्ट क्याटवाक कन्टेस्ट नं ६ युक्ता लिम्बु, वेस्ट फिगर कन्टटस्ट नम्बर ३ सविना राई, बेस्ट स्किन कन्टेस्ट नम्बर ७ मन्जिला राई, वेस्ट हेयर कन्सेट नम्बर २ अन्जु घिसिङले पाएका थिए । मन्जिला राईले तीनओटा र अन्जु घिसिङ, युक्ता लिम्बु र संगीता गुरुङहरुले २,२ ओटा उपाधि हात लागी गर्दा कन्सेट नम्बर ८ पोखराकी सुन्दरी सोनु गुरुङ र कन्सेट नम्बर १ की अर्की सुन्दरी धरानकी अविना राई पहिलो र अन्तिम सहभागी द्वयले भने कुनैपनि टाईटल हात लागी गर्न सफल भएनन् । चाईनीज निर्णयक फर्मि ओङ्गको प्रश्नको जवाफमा सोनु गुरुङ कुनै शिक्षकले दिएको पाठ पूर्ण कण्ठस्थ नगरेको जस्तो लाग्थिन भने अरुले ध्यान दिएर पाठ कण्ठस्थ मात्र होईन अभिनय समेत रियल गरिदिएका थिए ।
अन्जु घिसिङ विनर हुनु र दर्शकदिर्घाबाट र्सवाधिक मत युक्ता लिम्बुले पाउँनुलाई दर्शकहरुले नेपालको हालको राजनीतिक खेलसंग जोडेर हेरेको खासखुस चलेको थियो ।अधवैंशका एक लिम्बु आफ्नो सहपाठीसंग भन्दै थिए हामीले यहा आज भोट दिनु र नेपालमा जनताले नेतालाई भोट दिनु कुरा यौटै भयो । पोखरेली झ्यालमा त मत पाउँने बिजयी घोषित भएकी थिईन उन्ले अगाडि थपे ।
मिस ट्यालेण्ट हण्ट प्रथम दिप्ती थापा प्रमुख र सहयोगीहरुमा एक चाईनीज युवती फर्मि ओङ्ग र हिमाल पत्रिकाका सम्वादादाता जे वि पुन तीन जनाको जज समुह रहेको उक्त प्रतियोगिता चरण चरणमा बिभाजन गरिएको थियो । प्रश्तुतिहरुमा पहिलो परिचय राउण्ड, दोश्रो चरणमा रातो मिनिस्कटमा क्याट वाक र तेश्रो चरण साडी सिक्वेन्स सो पछि जजहरुसंगको प्रश्नोत्तरमा आएपछि टप फाईभ भनेर ३ प्रतिस्पर्धिहरु हटाईएको थियो । टप फाईभमा अन्जु घिसिङ, मन्जिला राई, रोजिना राई, संगीता गुरुङ र युक्ता लिम्बु परेकी थिईन ।talenthunt09

यसपछि निकै गर्मागर्मी ढंगले बढेको कार्यक्रममा मुख्य कसी दिप्ती थापाले सोधेको सामुहिक प्रश्नको जवाफ २ मिनट भित्र लेखेर दिनु रहेको थियो । यस्कै नतिजा स्वरुप अन्जु घिसिङ लगायतका ३ विनरहरु घोषित भएका थिए । ट्यालेण्ट हण्टमा सहभागी भएपछि युवा पिढीको लागि के उदाहरण दिनुहुन्छ भन्ने प्रश्नको जवाफ युक्ता लिम्बु बाहेकका सवैले अंग्रेजीमा लेखेका थिए र नेपाली कार्यक्रममा अंग्रेजी भाषा धेरैले कार्यक्रमको कमजोडी मानेको बुझनमा आएको छ र ट्यालेण्ट हण्टको उदेश्य राष्ट्रभाषालाई उपेक्षा नगर्नुपर्ने जिकिर जताततै सुन्न सकिने समेत दर्शकहरुद्वारा बताईएको छ ।
आफ्नो जाति विशेषको भेषभुषा प्रयोजन ट्यालेण्ट हण्ट समुहको उत्कृष्ट प्रश्तुति रहेको कार्यक्रमलाई देवराज राईले सञ्चालन गरेका थिए भने बिशेष सहयोगी प्रायोजकहरु धन थापा, पसन तमु,  सिके गुरुङ, डिजाईनर अन लाईन र्सर्भिसका प्रतिक चाम्लिंगलाई कद्धरपत्र दिइएको थियो र उनै ब्यापारीहरुको बाहुलीबाट बिजेताहरुलाई स्ल्यास लगायतका ताजहरु पहिराईएको थियो । फोटो-मातृदिप राई-मूलबाटो डटकम

मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न

भोजराज श्रेष्ठ

सनैया-नेपालीहरुको महानचाड वडादशैं तथा शुभदिपावली साथसाथै ईद उल फित्रको विशेष अवसरमा देशमा दिगो शान्ति र स्थायित्व विकाशको कामना सहित केम्को मैत्री नेपाल शान्ति क्लवको आयोजनामा सनैया स्थित ४१ नम्वरमा २० देखी २३ सेम्टेम्वर सम्म लगातार रुपमा तीन दिन मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भयो ।

सो भलिवल प्रतियोगितामा कतारमा विभिन्न स्थानमा रहेका क्लव र अन्य संघ संस्थाको तर्फवाट २८ समुहले ईन्ट्रि गर्दै खेलको आयोजना गरेका थिए भने सो खेलको उद्घाटन नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्काले गर्नुभएको थियो । सो प्रतिस्पर्धात्म खेलमा वाग्लुङ्ग सेवा समाज प्रथम, केम्को मैत्री नेपाल शान्ति क्लव द्धितिय र खुङ्गा बाग्लुङ्ग तेश्रो स्थान हासिल गरेका थिए भने सो कार्यक्रम हेम वाहादुर गुरुङ्गको संयोजकत्वमा सम्पन्न भएको थियो ।

सो समापन कार्यक्रमको सभापतित्व रहिम वक्स मिया, प्रमुख अतिथि विके शिव कुमार एवम् विशेष अतिथिमा एनआरएनए आईसीसीका कतार प्रतिनिधि टीवी कार्कीको आतिथ्यमा विजयी समुहहरुलाई क्रमशः पचास हजार, तीस हजार, बीस हजार र साथमा मेडल, ट्रफी तथा प्रशंसा पत्र प्रदान गर्दै वडादशै तथा शुभदिपावली र ईदउलफत्रको शुभकामना व्यक्त गरेका थिए भने सो खेलमा उत्कृष्ठ खेलाडीको रुपमा लेखनाथ न्यौपाने र दिपक थापालाई घोषित गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथिका रुपमा रहेका तथा कम्पनीका मेनेजर विके शिवकुमारले यस क्लवले कम्पनीको पहिचान मात्र नभएर व्याक्तित्व विकाशमा उल्लेखनिय योगदान गरेकोमा प्रसन्नता व्यक्त गर्दै आउदा दिनमा मबाट यस संस्था र नेपाली भाईहरुलाई सक्दो सहयोगका पहल गर्ने छु भन्ने प्रतिवद्धता व्यक्त गर्दै विजयी खेलाडीहरुलाई शुभकामना दिनुभएको थियो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका कतार च्याप्टरका सदस्य करिमवक्स मिया, समाजसेवी उमेश अधिकारी, कमरुदिम मिया, महेन्द्र परियार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति लगायत सो छुट्टीको अवसरमा खेलको मजा लिन र खेलाडीहरुलाई वधाई दिन उल्लेखनिय रुपमा दर्शकहरुको सहभागिता रहेको थियो । भने सो अवसरमा मैत्रि क्लवका सचिव लोकेन्द्र कुवर भन्छन् ूनेपालमा पनि खेलकुद कार्यक्रम भने पछि जहा पनि पुगिन्थ्यो र धेरै नै सकि्रय भूमिका निर्वाह गरिन्थ्यो यहाँ प्रवाशमा आएर पनि खेलकुदको कार्यक्रम गर्न पाउदा एकदमै खुसी भएको र केही चुनौती र कठिनाई रहे पनि सम्पूर्णको साथीभाईहरुको सहयोगले खेलकुद प्रतियोगिता सफल भएको र हामीले गतसालको ईदको अवसर पहिलो खेल राखेका थियौ त्यो पनि एकदमै रमाईलो र सफल भएको थियो तथापी यो साल अझ दशैको अवसर परेको हुनाले त झनै रमाईलो भएको अनुभव सुनाउछन् । "प्रवासमा पनि खेलको क्षेत्रमा महत्वपूर्ण भूमिका निवार्ह गर्न सकिन्छ" भन्ने मूल सन्देशका साथ हामीले केम्को मैत्रीपूर्ण भलिवल प्रतियोगिता राखेका हौ र यसको मूल उदेश्य पनि राष्ट्रले खेलकुदलाई हेर्ने नजरमा विकाश हुनु पर्छ भन्ने हो साथै विशेषतः भलिवल खेल एकदमै कम हुने गरेको हुनाले र यहाँको परिस्थिति र वस्तुस्थितिका वावजुद पनि भलिवल नै उपयुक्त रहेको हुनाले हामीले यो खेलको आयोजना गरेका हौ पक्कै पनि भोलीका दिनमा पनि तपाईहरुको सहयोग पाएमा अझै राम्रा खेलहरु आयोजना गर्ने प्रतिवद्धता कार्यक्रमका संयोजक हेम वाहादुर गुरुङले जनकारी दिनुभयो ।

कलामा रमाउँदै कला

आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः प्रेम गुरुङ

Seurung, Lamjung ki Kala Ghaleगोलो अनुहार अनि मिजासिली । बोलीमा नरम अनि ज्यादै मिलनसार पनि । भन्नुपर्दा कुनै पनि खोट छैन उनमा । भर्खर यौवनले धपक्क बलेकी उनी, शहरबजारमा विकेका आधा शरीर ढाक्ने लुगा भने पटक्कै मन पर्दैन । परम्परागत संस्कार र संस्कृतिमा हुर्केकी उनी पटक्कै लजाउँदैनन् । उनी सवैसामू खुलेर बोल्छिन् अनि खुलेरै आफ्नो प्रतिभा देखाउँछिन् ।


'कला' भनेर चिन्छन् सवैले उनलाई । उनी नाच्नमा निक्कै खप्पिस छन् । कला भएरै होला अन्ततः विद्यार्थी जीवनको छविकला गुरुङवाट अन्ततः उनको नाम कला मात्रै रन गयो । उनी अहिले लमजुङ सदरमुकाम वेसीशहरस्थित जन विकास उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा पढि्छन् ।
२०४९ साल कार्तिकमा खुदी गाउँ विकास समिति वडा नं. ९ सिउरुङमा बाबा नन्द घले र आमा मिश्रीमाया घलेको कोखवाट माईली छोरीको रुपमा जन्मिएकी कलाले निमावि तहको अध्यनन भने गाउँकै लता कुञ्ज निमाविमा गरेकी हुन् । गाउँवाट विद्यालय टाढा परेकै कारण सदरमुकाम आएर पढ्न बाध्य कलाले शहरबजारका स्टेजमा आफ्नो धेरै कला प्रस्तुत गरिसकेकीछन् । वेसीशहर र आसपासका बजारमा भएका कार्यक्रममा उनको नृत्य देख्न नपाएपछि दर्शकहरु खिन्न हुन्छन् । सांस्कृतिक कार्यक्रम हुने वित्तिकै उनको नाम पुकार्छन् दर्शकहरुले ।


Lamjung Seurung ki Kala Ghaleमेलापात जाँदा होस् या गोठालो जाँदा । रेडियोमा नाच्ने खालका गीत आउने वित्तिकै सवैकाम छाडेर नाच्ने गरेकी गाउँले बालिका अहिले सदरमुकाम वेसीशहर लगायत लमजुङ र वरपरका जिल्लाहरुमा प्रख्यात कलाकारको नामले चिनिन्छ । आफ्नो कला देखाउन लमजुङका ग्रामीण क्षेत्रबाहेक हिमालपारिको जिल्ला मनाङ समेत पुगेकीछन् । पर्यटकीय गाउँ सिउरुङस्थित पर्यटन ब्यवस्थापन उप-समितिका सचिव उमरबहादुर गुरुङ कला नै सिउरुङ महोत्सवको आकर्षाको एक पात्र भएको वताउँछन् । भन्छन्, 'महोत्सवमा कला नपुगे महोत्सव जस्तै लाग्दैन ।' कलाको नृत्य हेर्नका लागि भनेपनि टाढाटाढाबाट पर्यटक आउने र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको गुरुङको भनाई छ । १७ वषिर्या कलाको वास्तविक नाम कला घले हो । नाच्नुको अलाव भ्रमण, अध्ययन र अभिनयलाई विशेष चासको रुपमा लिन्छन् उनी । उनको चासो र उद्देश्यका कारण पछिल्लो पटक गुरुङ भाषाको चलचित्र 'आक्रोदो' मा पनि उनले अभिनय गरेकीछन् । 'समयले साथ दिएमा नृत्य र अभिनयलाई साथसाथै लैजान्छु' उनको भनाई छ ।







Lamjung ki Kala Ghale Tan bundai

विना कसैको प्रेरणाविना कलाले नाचेरै धेरै प्रख्यातिहरु कमाएकाछन् । तमु छोँज धिँ लमजुङले गतवर्षआयोजना गरेको खुल्ला नृत्य प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरेकीहुन् । विद्यालयस्तरमा गरिने नृत्य प्रतियोगितामा उनले धेरैपटक प्रथमस्थान हासिल गरिसकेकीछन् । नाच्नकै लागि लमजुङका पर्यटकीय गाउँहरुमा पुगेका कलाले गाउँलेको मायाका साथै धेरै मानसम्मान पनि पाएकीछन् । उनी आफ्नो पर्ढाई पुरा भएपछि लक्ष्य प्राप्तिका लागि डटेर लाग्ने वताउँछिन् । उनको लक्ष्य भविश्यमा कुशल नृत्यकार तथा कलाकार बन्ने छ ।
नृत्यमा देखिएका आधुनिकतालाई उनी मन पर्दैन । उनलाई सांस्कृतिम पहिरन मन पर्छ । विद्यालय पोशाकबाहेक उनी प्रायः आफ्नो मातृ ड्रेस गुरुङ पोशाकामा भेटिन्छन् । आधुनिकताका नाउँ बेचेर आफ्नो शरीर नढाक्ने लुगा लाउने युवतीहरुलाई आफ्नो राष्ट्रियता सम्भिmन उनी आग्रह गर्छिन् । विदेशी कलाप्रति उनको वितृष्णा छ । त्यसैले त कला, कला देखाउँदै, कला बचाउँदै हिँडेकीछन् ।

तस्वीरः प्रेम गुरुङ

lamjungnews@gmail.com

लम्जुङको खुदि जलविद्युत आयोजना बन्द,लम्जुङमा लोडसेडिङको समय बढ्यो

केहि दिन अघि आएको बाढिले खुदि जलविद्युत आयोजनको बाधमा क्षेति पुर्‍याएको कारण लम्जुङको खुदि जलविद्युत अयोजना बन्द हुदै आएको छ ।

आयोजना बन्द भएपछि लम्जुङमा लोडसेडिङको समय बढेको लम्जुङ विद्युत उपभोक्ता संस्थाले जनाएको छ । संस्थाका प्राविधिक कमल राईका अनुसार खुदि जलविद्युत आयोजनाबाट उत्पादित ४ मेघावाट विद्युत लम्जुङमा खपत हुदै आएकोमा सो आयोजना बन्द भएपछि लम्जुङमा लोडसेडिङ बढेको हो । दमौली ट्रान्सफरबाट प्रसारित विद्युतले लम्जुङलाई नधानेका कारण खुदि जलविद्युत आयोजना नबनेसम्म जिल्लामा लोडसेडिङ भइरहने लम्जुङ विद्युत संस्थानले जनाएको छ

मञ्जु गुरुङ्ग आफनो जन्म गाउँ माछापुच्छ्रे घाचोकमा सम्मानित

रोशनी तमू

७, असोज पोखरा

वर्ष २०६५को सर्वाधिक लोकपि्रय खेलाडी घोषित भएकी राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ्ग आफनो जन्म गाउँ माछापुच्छ्रे घाचोकमा सम्मानित भएकी छिन ।

लोकपि्रय खेलाडी घोषित बनेपछि पहिलो पटक सोमबार खुशी साटन जन्मगाउँमा पुगेपछि स्थानिय गुराँसेभूमि युवाक्लबको संयोजन तथा समग्र माछापुच्छ्रेवासी एंव छिमेकी गा.वि..हरुको तर्फबाट समेत मञ्जुलाई सम्मान गरिएको हो ।

मञ्जुलाई गाउँ प्रवेश संगै नौमती बाजा, तमू पोशाकमा सजिएकी गुरुङ्ग युवतीहरु र गाउँलेहरु सबैले हातमा फुलको माला, खादा, अविर, लिएर स्वागत गरेका थिए भने गाउँमा स्वातद्धार समेत बनाइएको थियो ।

छापुच्छे गा.वि..का सर्वदलिय समितिका संयोजक नीर प्रसाद गुरुङ्गको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा बोल्दै लोकपि्रय खेलाडी मञ्जुले आफुलाई लोकपि्रय खेलाडी बनाउन एसएमएस भोट गर्ने, आर्थिक भौतिक नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिदै जन्मस्थानको सहयोग कहिल्यै भुल्न नसक्ने बताईन । उनले आगामी दिनमा पनि जन्मस्थलको सहयोग पाउने विश्वास समेत प्रकट गरिन ।

सम्मान कार्यक्रममा मञ्जुलाई स्थानिय गुराँसे भुमे युवा क्लब, आमा समुह तथा सम्पुर्ण माछापुच्छ्रेबासीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कतार गतिबिधी

स्वाईन फ्ल्यु बाट नेपाली युवकको मृत्यु

दीपक पौडेल
÷कतार- कतारमा स्वाइनºलुबाट एक नेपाली युवकको मृत्यु भएको छ । केहि महिनाअघि मे_िक्सकोबाट शुरु भएको स्वाइनºलुको महामारीका कारण मृत्यु हुने उनी पहिलो नेपाली नागरिक हुन् । कतारको अलखोर अस्पतालमा गत ४ सेप्टेम्बरमा उनको मृत्यु भएको हो ।

वैदेशिक रोजगारका क्रममा कतारमा कार्यरत रौतहट नर्कटियाका ४० बर्षिय शेख हारुनको स्वाइन फ्लुका कारण मृत्यु भएको कतारको सर्वोच्च स्वास्थ्य परिषद् सुपि्रम काउ_िन्सल फर हेल्थले पुष्टि गरेको छ । सर्वोच्च स्वास्थ्य परिषद्ले गत शनिवार १२ सेप्टेम्बरमा सो मृत्युको औपचारिक घोषणा गरेको थियो । उनको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण स्वाइन फ्लु उल्लेख गरिएको छ । कतारमा स्वाइन फ्लुका कारण यो दोश्रो मृत्यु हो । केहि महिनाअघि ३६ बर्षका एक कतारी युवकको पनि स्वाइन फ्लुका कारण मृत्यु भएको थियो ।

कतारमा कार्यरत मृतकका भजिजा शेख साद्र आलमले हारुन सामान्य ज्वरो रुघाखोकीबाट विरामी भएको र विरामी बढ्दै गएर १७ दिनपछि मृत्यू भएको जानकारी दिएको दुतावासले जनाएको छ । बिरामी भएको दुई दिनपछि सामान्य औषधी खाएको र अस्पताल जानमा ढिलाई भएका कारण उनको स्वास्थ्यस्थिति विग्रेको बताइएको छ ।

कतारमा ८ बर्षअघिदेखि कार्यरत हारुन श्रमिकहरुविच इस्लाम धर्म प्रचार गर्ने एक संस्थामा काम गर्दै आएका थिए । सोहि क्रममा उनी निरन्तर र प्रत्यक्षरुपमा धेरै मानिससंग सम्पर्कमा रहने गरेको बताइएको छ । संक्रमणभएको ५ दिनपछिमात्रै उनी अस्पताल आएकोले पनि उनको उपचार कठिन भएको थियो । न्युमोनियाबाट ग्रस्त भएपछि उनको स्वास्थ्यस्थिति विग्रको थियो । उनी उच्च ज्वरो रुघाखोकी र वान्ताका कारण ग्रसित थिए भने फोक्सोमा जटिल संक्रमण रहेको स्वास्थ्य रिपोर्टमा जनाइएको छ । यथासम्भव उपचार भएको तर स्वास्थ्य विग्रँदै गएर अन्ततः अस्पताल भर्ना भएको ५ दिनपछि उनको मृत्यु भएको सर्वोच्च स्वास्थ्य परिषद्को विज्ञप्तिमा उल्लेख छ । उनको मृत्युको १ सातापछि औपचारिक घोषणा भएको छ भने आवश्यक कानुनी प्रकृयापश्चात गत शुक्रवार शव मुलुक पठाइएको छ । हारुनको परिवारमा श्रीमती र तीन छोरा छन् ।

स्वाइन फ्लुका कारण भएको नेपालीको मृत्युवारे घोषणामा ढिलाई हुनुको कारण साचारसम्बन्धि त्रुटी रहेको कतारी सर्वोच्च स्वास्थ्य परिषद्ले गत आइतवार स्पष्ट पारेको छ । स्वाइन फ्लुसम्बन्धि नीति पारदर्शी रहेको पनि परिषद्को स्पष्टोक्ति छ । ुमृत्युको घोषणा गर्नमा ढिलाई हुनु प्राविधिक त्रुटिका कारण हो । त्यस्तो समस्या आउन नदिन कदम चालिसकेका छौंु सर्वोच्च स्वास्थ्य परिषद्को सरुवा रोग नियन्त्रण तथा खोप विभागका प्रमुख डा। हुसाम रेजियाले भने- ुस्वाइन फ्लुका वारेमा कतारले पारदर्शिताको नीति अंगालेको छ । कतारमा स्वाइन फ्लुका कारण हालसम्म २ जनाको मृत्यु भएकोमा सो तथ्यांक यो क्षेत्रको सवैभन्दा न्युन भएको डा। हुसामले उल्लेख गरे । हालसम्म १ हजार १ सय ५० जनामा स्वाइन फ्लुको शंका गरिएको र ३ सय ५० जनामा संक्रमण फेला परेको कतारी सर्वोच्च स्वास्थ्य परिषद्ले जनाएको छ । परिषद्ले अधिकांश विरामीहरु निको भइसकेको र केहि उपचाररत रहेको स्पष्ट पार्दै नडराउन तर सतर्कता अपनाउन आग्रह गरेको छ । हमाद मेडिकल कर्पोरेशनले स्वाइन फ्लुको नियन्त्रणका लागि निकै कसरत गर्दै आएको छ ।

कतार एअरवेजको उडान संख्यामा बृद्वि

दीपक पौडेल÷कतार- दुई देशविच हवाई सेवा विस्तारका लागि नेपाल र कतारविच हालै भएको एक सम्झौतावार्ता अनुसार कतार एअरवेजको काडमाडौं उडानसंख्यामा बृद्वि हुने भएको छ । दुई देशका अधिकारीहरुबीच दोहामा भएको सो वार्तामा नागरिक उड्डयन ब्यवस्थित बनाउने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

कतार न्युज एजेन्सी क्युएनए ले दिएको आधिकारिक जानकारी अनुसार अव कतार एअरवेजले नेपालको साप्ताहिक उडान संख्या ११ बाट बृद्वि गरी २८ पुर् याउनेछ । यसकासाथै ७ वटा कार्गो उडान रहने पनि क्युएनएको समाचारमा जनाइएको छ । हवाई सम्झौतासम्बन्धि सो वार्ता कतारकातर्फबाट कतार नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष अब्दुल अजिज अल नोआइमी र नेपालका तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नगेन्द्र प्रसाद घिमिरेले प्रतिनिधित्व गर्नुभएको थियो । दुई दिने सो वार्ताका अवसरमा हवाई सुरक्षाकासम्बन्धमा नयाँ प्रावधानहरु ुअपडेटु गर्ने सहमति भएको पनि क्युएनएले जनाएको छ ।

सो सम्झौता अनुसार दुवै देशका यात्रुवाहक विमानहरुले सातामा २८ उडान र मालवाहकले ७ उडान भर्न पाउने छन् । हाल नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलायन्सले सातामा ४ उडान भर्दै आएको छ । यो सम्झौताले नेपालका निजी विमान कम्पनीहरुलाई पनि दोहा उडानका लागि मार्ग प्रशस्त गरिदिएको छ ।


कतारमा २७ नेपाली केन्द्रिय कारागारमा

दीपक पौडेल÷कतार- विभिन्न अभियोगमा २७ जना नेपाली कतारको केन्द्रिय कारागारमा थुनामा रहेको दोहास्थित नेपाली दुतावासले जनाएको छ ।

उनीहरुले विभिन्न अभियोगमा १ महिनादेखि १० बर्षसम्मका फरक-फरक जेलसजाय भोगिरहेको नेपाली दुतावासले जनाएको छ । नेपाली दुतावासका अधिकारीले समयसमयमा केन्द्रिय कारागारको भेटगरी उनीहरुको अवस्थावारे जानकारी लिने गरेका छन् ।

बैदेशिक रोजगारीका लागि संसारका विभिन्न कुनामा पुगेका नेपालीहरुमध्ये सम्बन्धित देशका जेलहरुमा रहेका नेपालीहरुवारे कमै चर्चा हुने गरेको पाइन्छ ।

दुई चेली दूतावासको शरणमा

Embassy ma Alapatra Cheliharu

 

दीपक पौडेल÷कतार- नेपाल सरकारको निषेधका बाबजुत घरायसी कामदारकारुपमा कतार आएका ३ नेपाली महिला दुतावासको पहलमा नेपाल फर्कँदैछन् । काम गर्दै आएको अरवीको घरबाट भागेर दुतावासको शरणमा आएका नवलपरासीको कावासोती- ८ हात्तिखोरकी पूजा परियार र दाङ्गको तुल्सीपुर- ८ की पार्वती परियारलाई फिर्तिकेन्द्रमा लगिएको र उनीहरु छिट्टै नेपाल फर्किने दुतावासले जनाएको छ । उनीहरुले अरवी घरमालिकहाँ आफ्नो शारिरिक शोषण हुने त्रासले भागेर दुतावासमा आएको बताएका थिए ।

नवलपरासीकी २१ बर्षिया पूजा ७ महिना अगाडी भारतको मुम्बईको अधेंरीबाट दोहा ल्याइएकी हुन । उनलाई स्थानिय एजेन्ट बिष्णु माया वि।s।ले आकर्षक काम र तलवको आश्वासन दिई कतार पठाएकी हुन् । स्थानिय एजेन्ट बिष्णुमायाले कमाएपछि तीस हजार दिनु भनेर आफुलाई सात महिना अघि दोहा पठाएको पुजाले बताइन् । ुआश्वासन जति मिठो थियो काम त्यत्ति नै गाह्रोु पुजाले भनिन्- ुकाम त गर्थें तर शरिर र इज्जत जोगाउन गाह्ो भयो ।ु पूजाले घर मालिक्नीको यातना र मालिकनीको छोराको यौनपिपाशु बक्रदृष्टि शहन नसकेर भागेको बताइन् । उनी गत साता मंगलवार विहान साँढे पाँच बजे भागेर दूतावासको शरणमा आइपुगेकी थिइन् । स्थानिय एजेन्ट बिष्णुमायाले यसअघि पुजाकी भतिजी अाजुलाई पनि घरेलु काममा कतार पठाएकी थिइन् र उनी पनि भागेर दुतावासको शरणमा आएकी थिइन्। ।अाजुले कामको सास्तीसंग शारिरिक सुरक्षाको पनि निश्चितता हुन नसकेकोले भागेर आएको अनुभव सुनाएकी थिइन् ।

दोहा आउनुपर्व २ महिना कुवेत बसेकी दाङ्गकी पार्वतीले आफुलाई दाङ्गकै स्थानिय एजेन्ट ललित बुढा मगरले अफिसको काम भनेर घरेलु काममा फसाएको बताइन् । दोहा आउनुभन्दा पहिलादेखि नै छाती दुख्ने रोगबाट ग्रसित पार्वती यहाँ आएपछि झन विरामी बढेपछि अशक्त भएको बताइन् । खराव स्वास्थ्यका बाबजुत घर मालिक्नीको अभद्र ब्यवहार र यौनसम्पर्कका लागि घर मालिकले दवाव दिएका कारण भागेको पार्वतीले बताइन् । १३ दिनमात्रै काम गरेकी पार्वती पनि भारतको मुम्बईबाट नै कतार पठाइएकी हुन् ।

यसअघि अघिल्लो साता घरायसी कामदारकारुपमा कतार आएका ४ नेपाली महिला दुतावासको पहलमा नेपाल फर्केका थिए । महिला अरवी घरमालिककहाँ कामको सास्ती भएपछि फरक-फरक स्थानबाट भागेर अवु हमोरस्थित नेपाली दुतावासको शरणमा आएका हेटौंडा नगरपालिका-१ मकवानपुरकी सपना लामा झापा सुरु¨ाकी इन्द्रदेवी पुर्कोटी नवलपरासी गैंडाकोटकी अाजु परियार र चुलाचुली-७ इलामकी अमृता सुब्बा मुलुक फर्किसकेका छन् ।

स्मरण रहोस् निषेधित घरेलु सहायकको कामका लागि महिला पठाउने एजेन्टहरुले कतारस्थित सम्बन्धित मेनपावर कम्पनी वा अरवी घरमालिकबाट मोटो रकम कमिशन लिने गरेको पाइन्छ । अनावश्यक प्रलोभन देखाएर महिलालाई निषेधित कामका लागि पठाउने एजेन्टहरुलाई कारवाहिका लागि आवश्यक प्रकृया अघि बढाएको दुतावासले जनाएको छ । महिलालाई घरायसी कामदारकारुपमा खाडी क्षेत्रमा जान नेपाल सरकारले निषेध गरेको भएपनि केहि एजेन्टहरुले दिल्ली र मुम्बई लगायतका भारतिय शहरहरुको बाटो हुँदै नेपाली महिलाहरुलाई खाडी मुलुक पठाउने गरेका छन् । पछिल्लो समयमा कतारमा पनि दर्जनौं महिलाहरु घरमालिक कहाँबाट भागेर दुतावासको शरणमा आइसकेका छन् ।


ट्रलिको लागि थप रकम संकलन

दीपक पौडेल÷कतार- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति एन।आर।एन।ए एनसीसी कतारले नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ट्रलि उपलब्ध गराउने निर्णय गरे बमोजिम दाताहरुवाट रकम उठाउने कार्य जारी रहेको जानकारी महासचिव विल बहादुर गुरुङले दिएका छन् ।

एनसीसी कतारका कोषध्यक्ष तथा ट्रलि ब्यवस्थापन समितीका सदस्य पूर्ण के।सीले दिएको जानकारी अनुसार एन।आर।एन।ए। आइसिसी सचिव सागर नेपाल र आइसिसी सदस्य बदि्र प्रसाद पाण्डेले ३-३ वटा ट्रलीका लागि जनही ९ सय डलर प्रदान गरेका छन् भने एन।आर।एन।ए। एनसीसीका प्रथम उपाध्यक्ष अजिजुर रहमान शेख सदस्य उमेश अधिकारी गुरु नारायण रानाभाट महेश पोखरेल महेश जोशी महेश पोखरेल नेपाली जनसम्पर्क समिति बाग्लुङ सामाजिक सेवा समाज युवराज पाठकले १-१ वटा ट्रलीका लागि जनही ३ सय डलर प्रदान गरेका छन् ।

यसअघि एनआरएनए- एनसीसी अध्यक्ष नरेन्द्र भाट र ब्यावसायी डा। देवकाजी डंगोलले प्रतिब्यक्ति ९ सय डलर सहयोग प्रदान गरेका थिए । कोषाध्यक्ष पूर्ण के।सी एन।आर।एन।ए एनसीसी सल्लाहकार कमलमणी गुराँगाई एन।आर।एन।ए आइसीसी सदस्य टि।बी। कार्की एन।आर।एन।ए आइसिसी सदस्य प्रज्ञान उदास र एन।आर।एन।ए एनसीसीका महासचिव बिल बहादुर गुरुङ्गले प्रतिब्यक्ति ३ सय डलर प्रदान गरेका छन् भने स्याङ्गजा सहयोग समाजले पनि ३ सय डलर प्रदान गरेको थियो । २५ वटा ट्रलीका लागि आवश्यक रकम एनआरएनए- आइसिसी सचिव सागर नेपालमार्फत सम्बन्धित ठाउँमा पठाईसकिएको जानकारी पनि कोषाध्यक्ष केसीले दिएका छन् । सो प्रोजेक्टलाई छिटो भन्दा छिटो सम्पन्न गर्न गराउन समिती लागि परेको कोषाध्यक्ष के।सीले दोहोर् याए ।


जनप्रयत्न उपत्यका समाजको प्रथम अधिवेशन सम्पन्न



Embassy ma Alapatra Cheliharu

चर्चा एनआरएन अधिवेशनकै…

तिलविक्रम थेवे÷दोहा- गत सेप्टेम्बर ११ २००९ मा दोहास्थित गेष्ट प्यालेस होटल हलमा काठमाडौं भक्तपुर र ललितपुर तीनै जिल्लाका कतारमा कार्यरत् नेपाली दाजुभाई दिदीबहिनीहरुका साझा संस्था जनप्रयत्न उपत्यका समाजको प्रथम अधिवेशन अत्यन्त भव्यताका साथ सम्पन्न भयो । निवर्तमान अध्यक्ष तथा समाजको संरक्षक विभशराज अर्यालको सभापतित्व तथा नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनलाई कर्तल तालीको गडगडाहटको विचमा प्रमुख अतिथी खड्काले द्धिपप्रज्वलन गरी उदघाटन गरेका थिए । सो अधिवेशनले किरणराज केसीको अध्यक्षतामा १३ नयाँ कार्यकारी समिति समेत चयन गर् यो । जसमा प्रथम उपाध्यक्ष राजकुमार तण्डुकार द्धितीय उपाध्यक्ष सन्तोष थापा महासचिव तिलबिक्रम थेवे सचिव श्रीराम लामिछाने कोषाध्यक्ष ओम्कृष्ण ठयाजु सहकोषाध्यक्ष प्रज्वल बासुकला निर्वाचित भएका छन् भने समितिको सदस्यमा देवेन्द्र थापा नवराज लामिछाने हिरालाल मालाकार शिव खड्का रमेश कुमार गिरी र चन्द्र ब। ङाखुसी निर्वाचित भएका छन् । उम्मेदवारी दिने अन्तिम अबधीसम्म पनि सबैपदका लागि एक÷एक जनाकोमात्र उमेदवारी परेकोले सबै पदाधिकारीहरु आगामी एकवर्षको लागि निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन समितिका संयोजक स्वयम्बरिसंह लामाले गरेका थिए । यसअघि संयोजक लामा करिमबक्स िमंया र शिबराज गौतम तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको थियो ।

सो सम्मेलनको सफलताको शुभकामना दिदै प्रमुख अतिथी खड्काले कतारमा रहेका सामाजिक संघ संस्थाहरुले उल्लेखनिय काम गर्दै आईरहेको अवस्थामा जनप्रयत्न उपत्यका समाजले पनि आगामी दिनमा प्रवासी नेपालीहरुको लागि उल्लेखनिय कार्य गर्ने अपेक्षा दुतावासले राखेको स्पष्ट गर्दै कतारमा रहेका सबै नेपाली संघ संस्थाहरुको विचमा एकअर्कामा प्रगाढ सम्बन्ध रहनुपर्नेमा जोड दिए । सो अधिवेशनमा एनआरएनको आगामी सम्मेलनमा चयन गरिने मध्यपूर्वको संयोजकको लागि कतारलाई प्राप्त भएको अवसरलाई आफुले गुमाउन नदिन सो पदमा उम्मेदवारीको घोषणा गरेका तीनजना घोषित उम्मेदवारहरुको आफ्नो उम्मेदवारीको अडान र प्रत्यासी उम्मेदवारहरुका विच देखिएको चुनावी सहगर्मी र नेपालीहरुको कसैको कुरा नसुन्ने स्वभावको वारेमा कथा भन्दै एकजना वृद्ध मान्छेको सल्लाह र उपदेश परिवार छरछिमेक कसैले पनि नसुनेपछि आफुले पालेको घोडालाई सुनाउने गरेको पुरानो लोकथाको दृष्टान्त सुनाएका यसै गरी भ्यागुताहरुको सम्मेलनमा अन्यराष्ट्रबाट प्रतिनिधित्व गरेका भ्यागुताहरु ठीकठीक समय र योजना सहित उपस्थित हुने गरेका तर नेपालबाट प्रतिनिधित्व गर्ने भ्यागुताहरु चाही सम्मेलनमा उपस्थित हुन नसकेकोले किन यस्तो भयो भनेर कुवामा गएर हेर्दा उनीहरुको खुट्टा एकअर्कामा अल्झिएर बाहिर आउन सक्रिाखेका छैनन् रहेछ उनीहरु वास्तवमा को जाने भनेर तछाड मछाड गर्दै एकले अर्काको खुट्टा तानीरहेका पो रहेछन् जसको कारण भ्यागुता सम्मेलनमा सहभागी हुन सकेनन् नेपाली भ्यागुताहरु भन्ने कथा सुनाउदै नेपालीहरुको तछाडमछाड गर्ने र खुट्टा तान्ने प्रवृतिलाई कथाको माध्यमद्धारा दर्शाएका थिए । परिस्थितिसंग तालमेल गर्दै मिलेर जानुपर्छ सामाजिक संस्थाको लागि मिलेर सहमतिमा गरिने कार्य मात्र सफल हुने कुरा व्यक्त गरेका थिए ।

अर्का अतिथी एनआरएन आइसीसीका बर्तमान सचिव सागर नेपालले जनप्रयत्नको प्रथम अधिवेशन र नयाँ कार्य समितिलाई शुभकामना दिदै। निस्वार्थ भावनाले समाजसेवा गर्दा आफूलाई जति आनन्द आउछ त्यो सायदै राजनैतिक रंग भएको समाज र संघ सस्थामा आउला । एनआरएनको आगामी काठमाडौंमा सम्पन्न हुन गईरहेको विश्व सम्मेलनको प्रसंग कोट्याउदै नेपालले कतारलाई मध्यपूर्वको करिव १२ लाख गैरआवासिय नेपालीहरुको नेतृत्व र प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुन लागेको तर मध्यपुर्वको संयोजकको लागि कतारबाट मात्र तीनजना शुरविर उम्मेदवारहरुले उम्मेदवारी घोषणा गर्दै सहमतिको वातावरण नबन्ने र उम्मेदवारी फिर्ता नगर्ने संकेत दिदा आफु स्तव्ध भएको बताएका थिए ।

सोही कार्यक्रममा झापाली युवा समाजसेवी लक्ष्मण खतिवडाले यदी मिलेर गएनन् भने हामी अर्को वागी उम्मेदवार उठाएर पठाउछौं भन्ने चुनौती दिदै सबैजनाले कतारमा रहेका संघसंस्था बुद्धीजीवी नागरीक समाजसंग राय सल्लाह लिएर सहमतिमा एकजनाको मात्र उम्मेदवारी पर्नुपर्ने कुरामा जोड दिए । पदको लागि भइरहेको अहिलेको माहौलले सबैलाई हासोको पात्र बनाएको कुरा स्मरण गराएका थिए ।

आगामी एनआरएनको विश्वसम्मेलनमा मध्यपूर्वको संयोजकको लागि प्रत्यासी उम्मेदवारहरु वर्तमान आईसीसीका प्रतिनिधी टि।वि। कार्की एनआरएनका सल्लाहकार एवं व्यवसायी बद्रीप्रसाद पाण्डे र निवर्तमान एनआरएन कतारका अध्यक्ष कमलमणी गुरागाईले सो पदको लागि आफ्नो उम्मेदवारी निश्चित् रहेको उद्घोष गर्दै यसपटक आफूलाई सो मौका दिनुपर्ने जिकिर आ-आफ्ना तर्फबाट गरेका थिए । प्रतिनिधि टीवी कार्कीले आफुले उम्मेदवारी दिनुपर्ने कारण र आफूले त्यस ठाउबाट उठाउने मुद्धाहरुको बुदागत फेहरिस्त पेश गरेका थिए भने समाजसेवी बद्री पाण्डेले आफुले एनआरएनको लागि स्थापनाकाल देखि योगदान पुर् याउदै आएकोले आफू सो पदका लागि सक्षम र योग्य भएको जिकिर गरेका थिए भने अर्का प्रत्यासी कमलमणी गुरागाईले आफू सक्षम र अनुभवी भएको र प्रजातान्त्रिक अभ्याससंगै अभियानलाई सवल बनाउन सो पदका लागि उम्मेदवारी दिएको जिकीर गरेका थिए ।

अर्का वक्ता सहिद अलीले यसरी पदको लागि सहमतिमा नजाने प्रवृति भनेको स्वार्थ भावना हो र यो राजनैतिक शैलीको फोहोरी खेल हो भन्दै यस्तो फोहोरी खेल नखेली सबैको सल्लाह र सुझावमा सहमतिमा एकजना जानुपर्ने सुझाव दिएका थिए । यस्तो शेैली राजनैतिक शैली हो र यसले एनआरएनमा राजनैतिक शैलीको खेलवाड हुन्छ भन्ने कुरा स्पष्ट पारेका थिए ।

एनआरएन कतार च्याप्टरका अध्यक्ष नरेन्द्र भाटले जनप्रयत्नको प्रथम अधिवेशनको सफलताको शुभकामना दिर्दै समाजसेवा गर्दै जाने सवालमा उपत्यकावासीहरुका लागि यो समाज महत्वपूर्ण हुने विश्वास व्यक्त गरेकाथिए भने सबैको चासोको विषय रहेको एनआरएन मध्यपुर्वको संयोजक पदका लागि मिलेर जान सबै प्रत्यासीलाई आग्रह गर्दे आफु सहमतिमा साथीहरु जानुपर्छ यसमा सबैको समर्थन रहेको बताएका थिए । यसैगरी नेपाली आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत गुरुङ्गले जनप्रयत्न उपत्यका समाजको अधिवेशनको सफलतासंगै एनआरएनको संयोजक पदका लागि प्रतिस्पर्धामा होइन तर मिलेर जान आग्रह गरेका थिए ।

जनप्रयत्नको प्रथम अधिवेशनलाई शुभकामना दिने अन्य व्यक्तिहरुमा समाजसेवी डा। देबकाजी डंगोल एनआरएन युकेका निवर्तमान अध्यक्ष अशोक श्रेष्ठ सेफ्टी अवेरनेसका ई। राधाकृष्ण देव जनसम्पर्क समिति कतारका महामन्त्री विमल सुवेदी प्रवासी नेपाली सम्पर्क मंचका सचिव रामहरी गैह्रे श्रमिक रेमिटेन्सका तारा मंगोल रामबाबु थापा तेजुिसंह रावत नरेन्द्र सेन लगायत रहेका थिए ।

कतारमा कार्यरत् उपत्यकाका तीन जिल्लाका दाजुभाई दिदीबहिनीहरु विभिन्न संघ संस्थाका प्रतिनिधीहरु व्यवसायीहरु लेखक पत्रकार एवं बुद्धीजिवीहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संचालन श्रीराम लामिछाने तथा राजकुमार तण्डुकारले गरेका थिए भने कोषाध्यक्ष किरणराज केसीद्धारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । निर्वाचित पदाधिकारीहरुलाई समाजका निर्वतमान अध्यक्ष तथा संरक्षक विभशराज अर्यालले शपथ गराउनु भएको थियो भने आइसीसीका सचिव सागर नेपालले नवनिर्वाचित पदाधिकारीहरुलाई सुझाव एवं सफलताको शुभकामना दिनुभएको थियो ।

\"तमूवान भेला\"

रोशनी तमू

२८, भाद्र /पोखरा ।

तमूवान संयुक्त संर्घष समिति द्धारा आयोजित "तमूवान भेला" आज पोखरामा सम्पन्न भएको छ । गत चैत्रमा तमू राष्ट्रिय परिषद र तमू छोंज धिं बीच ऐतिहासिक तमू एकता भएपछि पहिलो पटक तमू हृयूल छोंज धिं क्षेत्रिय समितिको आयोजनमा तमूवान भेला भएको हो ।

भेलालाई सम्बोधन गर्दे प्रमुख अतिथि एवं तमू हृयुल छोंज धिं का केन्दि्रय अध्यक्ष डा. गणेशमान गुरुङ्गले नेपालको हरेक जनजातिको आ आफनो भाषा, धर्म, संस्कृति रहेता पनि तमू जातिको आफनै खालको पहिचान रहेको भन्दै यो राज्य सञ्चालन गर्नको लागि तमूहरुलाई अग्रअधिकार दिनु पर्ने बताउनु भयो । साथै उहाँले तमूहरु एकढिका भएर तमूवान प्राप्ती गर्नको लागि बलिदान दिन आम तमूहरु आजैका दिनबाट मनोवैज्ञानिक र बौद्धिक ढङगाले अगाडि बढनु पर्ने बताउनु भयो ।

भेलामा संस्थाका महासचिव रेशम गुरुङ्गले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पारेका थिए । भेलामा तमू प्ये ल्हु संघका केन्दि्रय अध्यक्ष ले.इन्द्र बहादुर गुरुङ्गले क्होला सोथरमा एकै भएका गुरुङ्गहरु अहिले सबै तितरबितर भएको र व्यक्तिवादी संज्ञा दिएर तमू सघं सगठनहरु ख्ाोलिएको भन्दै त्यसलाई एकीकृत गरि लगेमा मात्रै तमूवान प्राप्ती गर्न सकिने बताउनु भयो । साथै नेपाल तमू विद्यार्थी छोंज धिंका केन्दि्रय अध्यक्ष नर बहादुर गुरुङ्गले गुरुङ्गहरुलाई शैक्षिक, राजनितिक एवम जातिय अग्रअधिकार हुनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा लोकतान्त्रिक तमू संघका केन्दि्रय महासचिव बेद बहादुर गुरुङ्ग (श्याम) , तमू राष्ट्रिय मुक्तिमोर्चाका केन्दि्रय उपाध्यक्ष सविन गुरुङ्ग, नेपाल तमू संघका केन्दि्रय अध्यक्ष डा.टेकराज गुरुङ्ग, तमूवान राष्ट्रिय परिषदका अध्यक्ष खुशीमान गुरुङ्ग लगायतले तमूवानको साझा मुद्दमा कसरी अघि बढने भन्ने सवालमा आ आफनो विचार राखेका थिए ।

कार्यक्रममा कास्कीमा रहेका विभिन्न राजनितिक दलका जनवर्गिय भातृ संगठनका प्रतिनिधिहरुले तमूवान संयुक्त संर्घष समितिलाई पुर्णरुपमा सहयोग गर्न प्रतिबद्धता जनाएका छन । भने कास्कीमै रहेको तमू धिं कास्कीको भातृ संगठन गुरुङ्ग युथ फोरमका संगठन विभाग प्रमुख हुम बहादुर गुरुङ्गले जुनसुकै हालतमा पनि यो संघर्ष समितिले तमू धिंलाई पनि समेटेर जान अग्रह गरेका छन । यसैगरि कास्कीको लेखनाथ नगरपालिका अन्र्तगतका विभिन्न २२ वटा तमू समाजको अगुवा संस्था ङोयए तमू धिंले पनि पुर्णरुपमा समितिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

पश्चिम अञ्चलका विभिन्न जिल्लाका तमू व्यक्तित्वहरुको सहभागिता रहेको सो कार्यक्रमको सञ्चालन संस्थाका सदस्य मनोज गुरुङ्गले गर्नु भएको थियो ।

Basanti Gurung - Tamu Film Actres

Basanti Gurung :
Guest of :7/ 2009 www.tamusamaj.com

जुनि जुनिलाई जुनि जुनिलाई
ङलमाया सार क्योंलाई
जुनि जुनिलाई जुनि जुनिलाई

सबैको माझमा चर्चित रहन सफल गुरुङ्ग गीत हो । यो  देश बिदेशमा रहेका गुरुङ्गहरुको माझमा अत्यन्त चर्चित रहन सफल गुरुङ्ग गीतमा अभिनय गर्ने नायिकाको बारेमा सायदै कमैलाई थाहा होला । स्याङजा जिल्लाको तार्ले मचबारीमा बाबा भिम प्रसाद गुरुङ्ग, आमा नानसरी गुरुङ्गको कोखवाट जेठी छोरीको रुपमा जन्मिएका बसन्ती स्कुले जिवन कहिले गाउँ, कहिले शहर हुँदै पुरा गरे । अत्यन्त शालिन स्वभावकी मिजासिलो अनि सबै सँग घुलमिल हुन रुचाउने बसन्ती पोखरामा बनेको गुरुङ्ग फिल्ममा सबै भन्दा धेरै फिल्ममा अभिनय गर्ने नायिकामा पर्दछिन् । प्राय नायिकाहरु एउटै व्यानरमा मात्र सिमित भएर रहेको अवश्थामा बसन्तीले फरक फरक व्यानरमा काम गरि सकेका छन् । भोज बहादुर गुरुङ्गको सैं न्रहोर्वै म्रुस्यों, ङै ङहो र आक्रोदो करण गुरुङ्गको टोरा, माओत्से गुरुङ्गको स्याक्लुङ्ग, र सुजन लामाको च्हमि कर्ममा आफ्नो अभिनय क्षमता देखाई सकेकी बसन्ती १७ वर्षको उमेरमा तरेली सांस्कृतिक समुहमा आवद्ध भएर कल्चर कार्यक्रमहरु गर्दै हिंड्ने वेलामा फेवा डिजिटल रेकडिर्ङवाट पहिलो दोहोरी गीतमा अभिनय गरिसकेपछि फिल्ममा अभिनय गर्ने साइत जुरेको हो । दोस्रो फिल्म टोरामा अभिनय गर्दा भेट भएका निर्देशक करण गुरुङ्गसँग माया पिरती बसेपछि उसैसँग अहिले विवाह भएको छ । विवाह गरि सकेपछि पनि बसन्तीले ४ वटा फिल्ममा अभिनय गरेकी छिन् । श्रीमान अनि घर परिवारवाट धेरै सहयोग रहेको कुरा वहाँले खुलस्त पार्नु भयो । बसन्ती गुरुङ संगको सानो कुराकानी

*

पहिलो फिल्मको पहिलो सट दिंदाको सम्झना याद छ -?
उमेर पनि सानै थियो, अनि कसैसँग पनि राम्रोसँग बोलचाल नभएको र यो फिल्मी क्षेत्रमा नयाँ भएर पनि होला त्यतिवेला अलि नर्भस भएको थिंए तर मेरो पहिलो सटनै गीतवाट भएको हुनाले त्यति गाह्रो भने लागेन ।

*

यो क्षेत्रमा कस्को प्रेरणाले आउनु भयो -?
मेरो बाबा आमा अनि भोज बहादुर गुरुङ्ग जसले मलाई यो क्षेत्रमा आउनमा ठूलो सहयोग अनि प्रेरणा दिनु भएको थियो ।

*

अहिले अरु फिल्म खेल्न अफर आएको छ कि छैन -?
मैले भर्खर सकेको फिल्म आक्रोदो हो त्यसपछि आएको छैन ।

*

मन पर्ने निर्देशक.....(गुरुङ्ग फिल्म) ?

सुजन लामा - च्हमी कर्म ।

*

मन पर्ने गुरुङ्ग गित.......?
च्हमीलाई जन्म आपिनो , च्हमी कर्म

*

आफैंले खेलेको आफैंलाई मन परेको सब भन्दा राम्रो लागेको फिल्म कुन हो -?
च्हमी कर्म

*

मन पर्ने नायक नायिका ........ गुरुङ्ग फिल्मको ?
नायक गमन गुरुङ्ग नायिका नविना गुरुङ्ग ।

*

नढाँटिकन भन्नुस् है गुरुङ्ग फिल्म खेले वापत कति पाउनु हुन्छ -?
ओहो......... ! पारिश्रम त नभनौ होला दाई । मेरो पहिलो र अहिलेको फिल्म युनिट एउटै हो त्यो वेलाको भन्दा अहिले चाँहि अलि राम्रो छ । त्यति भनौ है !

* गुरुङ्ग फिल्म खेलेर जिवन धान्न सम्भव छ -?
छैन । धेरै गाह्रो छ । हामी त आफ्नो कला संस्कृति जोगाउनु पर्दछ भनेर मात्र लागेका हौं ।

*

तपाईको राम्रो वानी जो दर्शकलाई थाहा छैन -?
म विहानै उठेर पुजा पाठ गर्ने गर्दछु।

*

यो क्षेत्रमा आएर कहिल्यै विर्सन नसक्ने गरि के पाउनु र के गुमाउनु भयो जस्तो लाग्छ ?
दर्शकहरुको अपार माया पांए । जो म कहिल्यौ विर्सन सक्दिन । गुमाएको चाहिं खासै केहि छैन ।

*

सेक्सलाई कसरी वुझ्नु भएको छ - ?
यो संसारीक नियम हो जसलाई हामीले चाहेर पनि तोड्न सम्दैनौ ।

*

विवाह अगाडिको सेक्सलाई कसरी व्याख्या गर्नु हुन्छ -?
हाम्रो समाज त्यति धेरै अगाडि गएको छैन, जसले विवाह अगाडिको सेक्सलाई स्विकार्छ । विवाह अगाडिको सेक्स मलाई राम्रो लाग्दैन ।

*

राजनितिलाई कसरी बुझ्नु भएको छ -?
यसको वारेमा मलाई केहि पनि थाहा छैन ।

*

मायालाई कसरी व्याख्या गर्नु हुन्छ -?
माया अन्धा हुन्छ जुन बसेपछि अगाडि पछाडी केहि पनि देख्दैन ।

यो अवस्था सम्म आई पुग्दा जिन्दगी के रहेछ जस्तो लाग्यो -?
संघर्ष ........................ जो कहिल्यै सकिदैन ।

*

फुर्सदको समयमा के गर्नु हुन्छ - ?
नृत्य गरेर समय बिताउंछु ।

र अन्यमा........


देश विदेशमा रहनु हुने सम्पूर्ण दर्शकहरुलाई मेरो शुभ चिन्तकहरुलाई मेरो चलचित्रहरु हेरेर सल्लाह सुझाब दिनुहुन अनुरोध गर्दछु ।
मेरो आफ्नो कुराहरु पोखरासिटि डट कम मा राख्ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद ।

भूपाल गुरुङ्ग पोखरासिटि डट कम

गजल -आचार्य प्रभा

गजल -आचार्य प्रभा

prabha-3
सँगै बाँच्ने बाचा हाम्रो,पुरा हुन दिएन दस्तुरले

हाम्रो भेटको निवेदन पनि किन लिएन दस्तुरले ?

 च्यातियो हाम्रो मनको रुमाल,जँहा माया बाँधिएथ्यो

दयालु बनी हाम्रो पक्षमा,फेरी किन सिएन दस्तुरले?

 

खै ! कस्तो मिलन हो?समाजबिच एकसाथ हुनै नसकिने

हाम्रो चाहनाको चोखो अम्रितलाई, किन पिएन दस्तुरले ?

 

केही ढिलो भएछ,हाम्रो जीवनले सँगै हाँस्ने पल पाउन

जिउनु पर्थ्यो हाम्रो निम्ती भएनी किन जिएन दस्तुरले ?

(अमेरिका)

नाक काट्ने बाबुलाई प्रहरीद्वारा पक्राउ

लमजुङ, भदौ ३१ गते । आफ्नै छोरीको नाक काटेका लमजुङको घेर्मु गाउँ विकास समिति वडा नं. ६, सञ्जापूका प्रेमु बहादुर गुरुङ लाई प्रहरीले पक्रेको छ । १८ वषिर्या छोरी खुसीमाया गुरुङ र बाबुबीच झगडा भएपछि हँसियाको प्रहारवाट छोरीको अस्ती सोमवार नाक काटिएको थियो । बाहुनडाँडा प्रहरी चौकीले पक्राउ गरि आज जिल्ला प्रहरी कार्यालय वेसीशहर पठाएको र छोरीको बाहुनडाँडाको मिडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

गुरुङ भाषा पढाउने विद्यालय देवदह मदर टङ्स एकेडेमीको डकुमेन्ट्री प्रदर्शन

गुरुङ भाषा पढाउने विद्यालय देवदह मदर टङ्स एकेडेमीको डकुमेन्ट्री प्रदर्शन

संस्थापक भिम गुरुङ सम्मानित हुने

काठमाण्डौ,२७ भाद्र,

अधिराज्य भर मै तमु (गुरुङ) भाषा पठन पाठन हुने पहिलो र एकमात्र विद्यालय देवदह मदर टङ्स एकेडेमीलाई विश्व भरि चिनाउने उदेश्यले निर्माण गरिएको डकुमेन्ट्री शनिवार काठमाण्डौमा प्रदर्शन गरिएको छ ।

लोपोन्मुख अवस्थामा रहेको तमु (गुरुङ) भाषालाई संरक्षण र संवर्धन गर्ने उद्धेश्यका साथ २०५५ सालमा स्थापना गरिएको सो एकेडेमीले आफ्नो स्थापना काल देखि हाल सम्म मातृभाषा पठन पाठन गरि रहादा के कस्ता समस्याहरु आइ परेका छन्,के कस्ता उपलब्धीहरु हासिल गरे , अनि समाजका अग्रजहरुबाट कस्ता सहयोग हरु भएका छन भन्ने कुराहरु र विद्यालयले गरेका मातृभाषा लगायत विविध गतिवीधिहरुलाई समेटेर बनाइएको डकुमेन्ट्रीलाई एक कार्यक्रमका विच वरिष्ठ समाजसेवी सुश्री भद्र घलेले उद्घाटन गर्नु भएको छ ।

तमु गुरुङ सञ्चारकर्मी संघ काठमाण्डौको आयोजनामा भएको डकुमेन्ट्री प्रदर्शन पछिको अन्तरकि्रया कार्यक्रममा बोल्दै वरिष्ठ समाजसेवी सुश्री भद्र घलेले राज्य र समाजले गर्ने काम भिम गुरुङ र सो विद्यालयले गरेकोमा विशेष धन्यबाद दिदै विद्यालयलाई रु १ लाख सहयोग गर्ने बचन दिनु भएको छ । त्यस्तै गरि नारी दिवसको अवसरमा तमु गुरुङ भाषा संरक्षण र संवर्धन गर्ने कार्यमा ठुलो योगदान पुर्याएकोमा विद्यालयका संस्थापक तथा निर्देशक भिम गुरुङलाई ताम्रपत्र सहित सम्मान गरिने भएको छ । कार्यक्रममा निर्देशक पि्रतम गुरुङले समुदायका अग्रजहरुले एक पटक विद्यालयको अवस्थाको बारेमा अझै यथार्थ बुझ्न विद्यालयको भ्रमण गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा आम सञ्चारकर्मीहरु र आम सहभागीहरुको जिज्ञासाहरुको उत्तर दिदै संस्थापक भिम गुरुङले अहिले सबै क्षेत्रले मागेको मातृभाषाहरुको संरक्षण संवर्धनको कुरा आफ्नो विद्यालयले बाह्र बर्ष पहिल्यै ल्याई शुरु गरेको कुरा राख्दै यो देशमा लोपोन्मुख अवस्थामा रहेको भाषाभाषीहरुलाई जगेर्ना गर्ने काम सबै नेपालीहरुको कर्तव्य रहेको विचार राख्नु भयो ।

तमु गुरुङ सञ्चारकर्मी संघ काठमाण्डौका अनिता गुरुङको अध्यक्षतामा र मनिराज गुरुङको सञ्चालनमा भएको अन्तरकि्रया कार्यक्रममा महिला नेतृ चन्द्रकला गुरुङ , कौशिला गुरुङ ,चिज बहादुर गुरुङ,सञ्चारकर्मी गणेशमान गुरुङ, क्या तोरण गुरुङ, राजु गुरुङले विद्यालयको तमु भाषा पठन पाठन सम्बन्धी गतिविधी डकुमेन्ट्री हेरि जानकारी भएकोमा खुशि व्यtm गर्दै विद्यालयलाई सहयोग गर्ने र गराउने वचन बद्धता व्यक्त गर्नु भएको थियो

news from www.elamjung.com


My Pages

News & Blogs
Videos
Pictures
My Lovely Shots
Funny Page

नमस्ते संपूर्ण मित्रहरुमा म कर्म तमुको

Gangabu KTM

Dreams

नेपालबाट पठाएको सेल रोटि खाँदै

Lyrics

जहा तिमि तेहा  म हुन नपाउदा।।।

तिमी रुदा  तिमिसङ्गै रुन नपाउदा,

माय रोप्ने मुटु नै काटे जस्तो भो।।

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो ।।।२

के छ तिम्लाइ कस्तो छ बुझ्न नपाउदा,

तिम्रो आसु मेरो हात्ले पुछ्न नपौद।।।२

दैब ले नि ठुलो खेल्।।।।हू।।  खेले जस्तो भो,

आधी मात्र बिश् पियेर ढलेजस्तो भो।।

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो ।।।२

मन् परेको फुल् तिपेर उन्न नपाउदा,

तिमि मेरो हौ भनेर सुन्न नपाउदा।।।

देउता बोल्ने मन्दिर् कहा छ।।।।।हू।।। खोज्न मन लाछ,

कुन् जनम मा के पाप् गरे सोध्न मन् लाछ।।

माया रोप्ने मुटु नै काटे जस्तो भो,

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो।।।।२

जहा तिमि तेय्हा म हुन नपाउदा,

तिमि रुदा तिमिसङ्गै रुन नपाउदा।।।

माया रोप्ने मुटु नै काटे जस्तो भो,

मैले तेक्ने धर्ति नै फाटे जस्तो भो।।।।३

Bcuz u luved me

Related Pages

sanjapu
News & Blogs
Videos
Pictures
My Lovely Pics
Funny Page

5/16/2012 1:59:29 PM